Comments Add Comment

किम र युवराजको जम्काभेट

yuvraj-kim

मुम्बई । सम्बन्ध टुटेकै किन नहोस्, आफुले प्रेम गरेको ब्यक्तिसंग वर्षौपछि भेट हुँदा रमाइलो हुन्छ होला । वा त्यस्तो अवस्थामा ति पूर्व प्रेमी प्रेमिकाले कस्तो ब्यबहार प्रस्तुत गर्छन होला ? जो सुकैलाई त्यस्तै लाग्दो हो । बलिउड अभिनेत्री किम शर्माले पनि कुनै दिन यस्तै केही सोचेकी हुन सक्छिन् ।

अकस्मात पुुराना प्रेमीसंग भेट हुँदा भने जिल्ल परिन् उनी । मुम्बईमा आयोजित लक्मे फेशन वीकमा र्‍याम्पवाकमा सहभागी भएकी किमको एक्कासी क्रिकेटर युवाराज सिंहसंग भेट भएको थियो ।

कुनै समय किम र युवराज निकै नजिक थिए । उनिहरु डेटिङ गएको  समाचार सामान्य हुन थालेको थियो भने, प्राय कार्यक्रममा एकसाथ उपस्थित हुन थालेका थिए । तर, चार वर्ष अगाडी उनीहरु यसरि छुटि्टए मानौ उनीहरुको अब कहिल्यै भेट हुने छैन ।

चार वर्षपछि भेटिएका उनीहरुले सामान्य सिष्टाचार पनि निर्वाह गरेनन् । दुबैले एक अर्कालाई देखेपछि नचिने जस्तो गरेर अगाडी बढेका थिए । केन्याका ब्यबसायीसंग बिबाह गरेकी किमले सन २००० मा बनेको फिल्म ‘मोहब्बते’ वाट अभिनय यात्रा सुरु गरेकी थिईन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment