Comments Add Comment

कविता : भूमिगत एम्बुस

Madan-aryal-मदन प्रभात
अहिले बजेको छ रातको साढे एक
भोलि विहान सखारै उठ्नुपर्ने बाध्यताको स्मरण गराई
मेरी प्रिया डाकिरहेछिन् मलाई
तर, अहँ,
मलाई पटक्कै छैन निद्राको भोक
अपशोच,
बारिरहेछु, इमान, मूल्य-मान्यताको शोक

एकाविहानै अखबारमा पढेथें एक कविता
दोहोर्‍याई/तेहेर्‍याई, दोहोर्‍याई/तेहेर्‍याई,
ढक्क फुलेथ्यो मुटु
सन्न भएथ्यो मस्तिष्क
‘कति चर्को अनुभूति’ अनायासै चलेथ्यो ओठ
सलाम गर्दै कविलाई
खोज्न थालेथें तिनले झै
मेरा वरपरका प्रायोजित मुस्कानहरु/भूमिगत मस्तिष्कहरु
सुतुरमुर्गको टाउकोझै भूमिगत
ठालुका यावत प्रणालीहरु
भूमिगत भइरहेका /भइसकेका
उसका एजेण्डा र निर्णयका प्रतिलिपीहरु

अहिले बजेको छ रातको साढे एक
व्यतीत भइरहेको आˆनो उर्जाशील युवावयलाई सम्भ“mदै
लेख्न बसेको छु कविता
जाउ पि्रय जाउ, तिमी सुत्न जाउ
म तिम्रो छातीभित्र पिलिएको
-अनगिन्ती कुण्ठाहरुको कविता लेख्छु,
तिम्रो मस्तिष्कमा बाटो खोजिरहेको
-अनगिन्ती दोबाटोका कविता लेख्छु
तिम्रो कलेजोमा रोपिएको
-अनगिन्ती अपमानहरुको कविता लेख्छु
तिमीजस्तै लाखौं संगीहरुको टाउकोमा कुदिरहेको
वर्गयुद्ध र मुक्तिको सपनासँगै
-ढोग र कुटिल हाँसोको कविता लेख्छु
-धुत्र्याइँ र पाखण्डी प्रपञ्चको कविता लेख्छु
शेयर मार्केटका ब्रोकरले झै
हमेशा सपनाको खरिद-विक्री गरिरहेका
-कथित शेयर होल्डरहरुको कविता लेख्छु ।

भो पि्रय अब अलमल नगर
जाउ, सुत्न जाउ
बरु सपनामै भए पनि सयर गर
सदियौंदेखि कल्पेको त्यो साम्यवादी गाँऊ
यो स्याल कराउने रातमा
म मैले देखेको
-एक-एक घृणित चालबाजीको कविता लेख्छु
बैंस नआई निमोठिएका
-कलिला सपनाहरुको कविता लेख्छु
भित्रभित्रै फैलिएको
-जासुसी जालोको कविता लेख्छु
तिमी ढुक्क होउ पि्रय,
हाप्सिलो कराइरहेको यो रातमा
म डराउन्न,
लाटोकोसेरोको डरलाग्दो आवाजसँग
तिमी झै म पनि प्रतिक्षारत छु
युद्धकालका भूमिगत एम्बुसझै
कुनै बेला त पड्केलान् नि Û
भूमिगत हुन नसकेका
ढोंग, धुत्याइँ र पाखण्डी प्रपञ्चहरु !

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment