Comments Add Comment

चाउचाउ खानेहरु सावधान ! चाउचाउको सेवनले हृदयाघात देखि मधुमेहसम्म

noodle

चाउचाउ कत्तिको खानुहुन्छ ? निकै सजिलो र स्वादिलो खाजाका रुपमा चाउचाउ धेरैले खाने गर्छन् । चाउचाउमा प्रयोग हुने रसायनले बालबालिकाको स्वास्थ्यमा असर पूराउने खालका विभिन्न समाचारहरु विगतमा आउने गर्थे ।

तर पछिल्लोपटक गरिएको एक अनुसन्धानले चाउचाउको सेवन महिलाको मुटुका लागि हानिकारक हुने तथ्य पुष्टि गरेको छ ।

अमेरिकाको बेलर विश्वविद्यालय मेडिकल सेन्टरका शोधकर्ताले गरेको अनुसन्धानबाट तयारी चाउचाउको सेवनले महिलाको मुटु तथा रक्तप्रणालीमा नकारात्मक असर पूराउने तथ्य खुलेको हो ।
डाक्टर ह्युन जून शिनको नेतृत्वमा रहेको वैज्ञानिक टोलीले गरेको अनुसन्धानले चाउचाउको सेवनले महिलामा मुटु रोग, मधुमेह, हृदयाघात जस्ता जोखिम बढाउने निष्कर्ष निकालेको छ । वैज्ञानिकहरुले यसलाई कार्डियो मेटाबोलिक सिन्ड्रोम भनेका छन् ।

अध्ययनका क्रममा १९ देखि ६४ वर्ष उमेर समूहका १० हजार ७ सय ११ जना मानिसहरुको भोजनको विश्लेषण गरिएको थियोे जसमा ५४.५ प्रतिशत महिला थिए । त्यसक्रममा मुख्य दुइ प्रकारका भोजन तौरतरिका पाइयो- पहिलो परम्परागत शैली, जसमा भात, भाछा, तरकारी, फलफूल तथा आलु मुख्य हुन्छन् भने दोश्रो मासु तथा फास्टफूड शैली । दोश्रो शैलीको भोजनमा भातको अंश कम हुन्छ भने बढि मासु, सोडा, प|mाइ गरेका खानेुकार तथा चाउचाउ लगायतका फास्डफुड संलग्न हुन्छन् ।

त्यसक्रममा विभिन्न खाले तयारी चाउचाउ खाने महिलामा कार्डियो मेटाबोलिक सिन्ड्रोम चाउचाउ नखाने महिलामा भन्दा दुइगुणा बढि पाइयो ।

पछिल्लो समयमा तयारी चाउचाउको सेवन अत्यधिक बढिरहेको र यसले स्वास्थ्यमा पूराउने जोखिमका विषयमा मानिसहरुमा चेतना नभएको अवस्थामा यो अध्ययनले पत्ता लगाएको तथ्य निकै महत्वपूर्ण रहेको शोधकर्ता डाक्टर शिन बताउँछन् ।

शोधकर्ताहरुले चाउचाउ किन हानिकारक छ ? भन्ने प्रमाण समेत प्रस्तुत गरेका छन् । चाउचाउमा प्रयोग हुने स्टाइरोफोम मा हुने हर्मोन डिस्रप्टर बिस्फेनोल ए -बीपीए) भन्ने तत्व महिलाको स्वास्थ्यका लागि निकै हानिकारक हुने वैज्ञानिकहरुको भनाइ छ ।

चाउचाउमा मोनो सोडियम ग्लुटामेट, प्रसस्त मात्रामा संतृप्त बोसो, सोडियम मात्र नभै पेट्रोलियम पदार्थ शुद्धिकरण गर्दा बाँकी रहने रसायन टर्सियरी ब्युटाइलहाइड्रोक्विनोन -टीबीएचक्यू) समेत प्रयोग भएको हुन्छ । यो पदार्थले पाचन प्रक्रियालाई असन्तुलित बनाइदिन्छ र खाएको कुरा पच्न गाह्रो हुन्छ ।

जर्नल अफ न्युट्रिसनमा छापिएको पूरै अध्ययन रिपोर्ट पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment