Comments Add Comment

बुद्धजस्ता नासपाती मुटुजस्ता खरबुजा (फोटोफिचर सहित)

हाम्रो घरमा फलेका केही तरकारी तथा फलफूलहरु सामान्य आकार प्रकार भन्दा फरक निकै अनौठो आकारका हुन्छन् र त्यो देख्दा हामीलाई अचम्म लाग्छ । कतिपय तरकारी, फलफुलको आकार कोही जिवजन्तु वा सरीरकै अंगसँग दाज्न मिल्ने खालको समेत हुन्छ । तर सबै फलफूल तथा तरकारीको आकार यस्तै जिवजन्तु, मानिस तथा मानिसकै अंगजस्तो भयो भने के होला ?

mould 1
यो त हुनै नसक्ने कुरा । तर चीनको एक कम्पनीले भने हुनै नसक्ने यो कुरालाई सम्भव बनाइदिएको छ । फ्रुट माउल्ड नामको उक्त कम्पनीले तरकारी तथा फलफूलका निकै सुन्दर तथा अनौठो आकारमा बदलिदिन्छ ।

mould3

 

वास्तवमा यो कम्पनीले तरकारी तथा फलफूललाई कुन स्वरुपको बनाउने भन्नका लागि विभिन्न आकार प्रकार तथा स्वरुपका मोडल अर्थात् साँचो तयार गरेको हुन्छ र सोही साँचोको माध्यमबाट फल तथा तरकारीलाई अनौठो तथा मनमोहक आकारमा ढालिदिन्छ ।

फलफूल तथा तरकारीको चिचिला लाग्दा खेरी नै त्यस्तो साँचो राखिदिएपछि तरकारी र फलफूलको आकार सोही साँचो बमोजिम बन्दछ ।

apple

 

kharbuja

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment