Comments Add Comment

लाम्पार्डद्वारा अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा

Frank-lampard

१० भदौ, काठमाडौं । इङ्ल्याण्डका मिडफिल्डर फ्राङ्क लाम्पार्डले अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

उनले इङ्ल्याण्डका लागि १०६ क्याप जितेका छन् । पछिल्लो पटक उनले विश्वकपमा कोष्टारिकाविरुद्ध खेलेका थिए, जुन खेल गोलरहित बराबरीमा सकिएको थियो ।

अमेरिकी क्लब न्यूयोर्क एफसीमा आवद्ध भएपछि सन्यासको निर्णय लिएको उनले बताए । सन् १९९९ अक्टोबरमा डेब्यू गरेका ३६ वर्षका लाम्पार्डले राष्ट्रिय टोलीका लागि २९ गोल गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment