Comments Add Comment

भीआईपीको सुरक्षा गर्न गृह र सेनाले १ अर्ब ३० करोड मागे

Saarc

११ भदौ, काठमाडौं । दुई महिनामा हुने सार्क सम्मेलनका निम्ति भीभीआईपीहरुको प्रयोजनार्थ ३२ वटा गाडी किन्न सहमति दिइएको छ । गृहले भन्सार छुटबाहेक ६३ वटा गाडी किन्नेगरी २७ करोड रकम मागेको थियो ।

खरिद ऐनका कारण टेन्डर गरेर नयाँ गाडी किन्न नभ्याइने भएकाले जर्मनीबाट सेकेण्डह्याण्ड गाडी ल्याउन लागिएको छ । चार आनाको मासुलाई बाह्र आनाको मसला भने जस्तौ यो त भयो भीआईपीले चढ्ने गाडीको प्रसंग तर, तिनलाई सुरक्षा दिनेहरुको प्रयोगका निम्ति भने गृहले थप ९५ करोड र नेपाली सेनाले ३५ करोड रुपैयाँ मागेको जनआस्था साप्ताहिकमा खबर छ ।

‘सुरक्षा महत्पूर्ण कुरा हो, यसमा सम्झौता हुन सक्दैन । स्कारपीयो गाडी चढेर भीआईपीलाई सुरक्षा देउ भन्न मिल्दैन । सुरक्षा संवेदनशीलतालाई अर्थ मन्त्रालयले परिभाषित गर्ने होइन ।’ भन्दै शुक्रबार गृहमन्त्री बामदेव गौतमले भनेका थिए । सार्कमा आउने आठ जना राष्ट्राध्यक्षका निम्ति त्यतिकै संख्यामा बुलेट प्रुफ गाडी, ४ वटा स्पेयर गाडी, विदेशी मन्त्रीहरुका लागि ८ वटा गाडी गरी कूल १७ वटा मर्सिडिज भित्र्याउने योजना छ । विदेश सचिव र सहसचिवहरुको हकमा आफूसँग भएकै गाडी चलाउने भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment