Comments Add Comment

लिग वानमा म्यानचेष्टर युनाइटेडको अप्रत्यासित हार

MK Dons

११ भदौ, काठमाडौं । म्यानचेष्टर युनाइटेडले लिग वान कप फुटबलमा अप्रत्यासित हार व्यहारेको छ ।

मंगलबार राति भएको खेलमा म्यानचेष्टर युनाइटेड एमके डन्ससँग ४–० ले पराजित भयो ।

विल ग्रिगले २५ औं मिनेटमा गरेको गोलको मदतमा पहिलो हाफमा १–० को अग्रता लिएको डन्सले दोस्रो हाफमा तीन गोल थप्यो । ६३ औं मिनेटमा ग्रिगले व्यक्तिगत दोस्रो गोल गरे भने बेनिक अफओबीले ७० र ८४ औं मिनेटमा गोल गरे ।

२००४ मा स्थापना भएको डन्सविरुद्ध चार पटकको विजेता एवं प्रिमियर लिगको जाइन्ट म्यानचेष्टर युनाइटेडले ७२ मिनेटसम्म एक पटक पनि सही दिशामा पोष्ट चार्ज गर्न सकेन ।

गत सिजन प्रिमियर लिगको सातौं स्थानमा रहेका कारण युनाइटेडले यो सिजन युरोपियन प्रतियोगिता गुमाएको छ ।

अब एफए कप र प्रिमियर लिग बाँकी छ । तर, पहिलो खेलमा स्वान्सीसँग पराजित भएको युनाइटेड प्रिमियर लिगको दोस्रो खेलमा सण्डरल्याण्डसँग बराबरीमा रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment