Comments Add Comment

पाँच हजार मेट्रिकटन विस्फोटक नेपालमै उत्पादन गर्ने तयारी

nepal-army-logo
११ भदौ, काठमाडौ । आगामी तीन वर्षमा दुई हजार पाँच सय मेट्रिकटन विस्फोटक पदार्थ थप्ने गरी नेपाली सेनाले हेटौंडा वाटर जेल प्लान्ट निर्माणको तयारी गरेको छ ।

पूर्वाधार निर्माण र तालिमको लागि आवश्यक विस्फोटक पदार्थ स्वदेशमै उत्पादन गर्ने योजना अनुसार सेनाले ३० करोड लागतमा प्लान्ट निर्माण गर्न लागेको नयाँ पत्रिकाका खबर छ ।

नेपाल सरकारको समेत संयुक्त लगानीमा सुनाचरी हेटौडामा वाटर जेल प्लान्ट स्थापना गर्ने योजना छ । उक्त प्लान्ट सञ्चालनपछि विस्फोटक पदार्थमा देश देश आत्मनिर्भर हुन सहयोग पुग्नेछ, मंगलवार सैनिक मुख्यालयमा कल्याणकारी योजना निर्देशनालयका प्रमुख सहायकरथी धनीदास कार्कीले पत्रकारहरुसँग भने, ‘यो सञ्चालनमा आएपछि विदेशबाट विस्फोटक पदार्थ आयात गर्न लाग्ने विदेशी मुद्रा सञ्चित हुन्छ ।’

सैन्य सामग्री उत्पादन निर्देशनालयका निर्देशक सहायकरथी अजितबरसिंह थापाका अनुसार नेपालको कुल माग वाषिर्क पाँच हजार मेटि्रकटन छ । जसमध्ये हालसम्म वाषिर्क एक हजार चारसय मेट्रिकटन विस्फोटक पदार्थ मात्रै स्वदेशमा उत्पादन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment