Comments Add Comment

सिन्धुपाल्चोक पहिरोमा परेका ४ जनाकै मृत्यु

देवराज सुबेदी
११ भदौ, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको महांकालमा पहिरोले घर पुरिदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

सिन्धुपाल्चोकको महांकाल गाविस-६ बोल्देमा दिलबहादुर तामाङको घर पहिरोले पुर्दा ३२ वर्षका दिलबहादुर तामाङ, उनका ७० वर्षका हजुरबुबा, १३ वर्षकी छोरी एलिसा र ४ वर्षका छोरा प्रशान्तको ज्यान गएको हो । गम्भीर घाइते भएकी श्रीमती मोताी तामाङको उपचारका लागि काठमाडौं ल्याइएको छ ।

बुधवार विहान २ बजेतिर माथिबाट आएको पहिरोले दिलबहादुर तामाङ्को घर पुरेको थियो ।

पहिरोले सोही स्थानमा एक गोठ समेत पुरेको छ । गोठ पुरिँदा केही पशु चौपाय पनि मरेका छन् । अहिले उद्दारका लागि स्थानीयबासी, प्रहरीलगायतको टोली घटनास्थलमा घटिएको छ ।

सिन्धुपाल्चोकको जुरे पिपलडाँडा, भोटसीपा, ठूलोसिरुवारी, बाँसखर्क, बराम्चे र महांकालमा गएराति गएको पहिरोमा समेत गरी एक सय ७३ ले ज्यान गुमाएका छन् ।

यसैबिच लगातार वर्षापछि ग्याल्थुमखोलामा आएको बाढीले मेलम्ची खानेपानी परियोजनाको सुरुङनिर्माणको लागि खटिएको सीयमसीको क्याम्प अफिस बगाएको छ । बाढीले सीएमसी कम्पनीका लाखौँ मुल्यका सामानमा क्षति पुर्‍याएको छ । बाढीले बेलब्रीज क्याम्पका विभिन्न भवनहरु र क्यान्टिनसमेत बगाएको छ । बाढीकै कारण ग्याल्थुमको धान रोपिएको खेत नै बगाएको छ ।

पर्वतको कुस्मामा पहिरोले घर पुर्दा ४ बेपत्ता

यसैबीच पर्वतको कुस्मा नगरपालिकामा गएको पहिरोमा पुरिएर ४ जना बेपत्ता भएका छन् ।
स्थानीय हरिलाल चापागाईको घर पहिरोले पुर्दा घरमा रहेका ४ जना बेपत्ता भएका हुन् । उनीहरुको परिचय खुल्न सकेको छैन भने खोजी कार्य जारी रहेको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्दार कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment