Comments Add Comment

बहुविवाह गर्नेलाई एक वर्ष जेल

११ भदौ, इलाम । जिल्ला अदालत इलामले बहुविवाह गरेको आरोपमा पक्राउ परेका साँखेजुङ-८ का अनुप गुरुङलाई एक वर्ष कैद र पाँच हजार रुपैयाा जरिवाना गरेको छ ।

जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मङ्गलबार गुरुङलाई मुलुकी ऐन विवाहबारी महलको ९ बमोजिम कसुर गरेको ठहर गर्दै कैद सजाय सुनाएको हो ।

अनुपले गत वैशाख महिनामा सपना लिम्बूलाई दोस्रो विवाह गरेपछि जेठी पत्नी सविनाले उनी विरूद्ध गत जेठ २२ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment