Comments Add Comment

स्वीटजरल्याण्डको जुरिचमा भलिवल प्रतियोगिता सम्पन्न

११ भदौ, स्वीट्जरल्याण्ड । नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको आयोजनामा आईतवार स्वीटजरल्याण्डको जुरिचमा चौथो अन्तर नेपाली रनिङ शिल्ड भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
‘कला, संस्कृति, खेलकुदको सम्मान गरौं र नेपाली-नेपालीबीच खेलकुद मार्फत सद्भाव र सम्बन्ध स्थापित गरौं’ भन्ने उद्देश्यका साथ नेपाली जनसम्पर्क समिति स्वीटजरल्याण्डको आयोजनामा भएको प्रतियोगितामा स्वीटजरल्याण्डका बासेल टिम, जुरिच टिम, बर्न टिम र आरगाउँ टिमको सहभागिता थियो ।
प्रतियोगिताको फाईनलमा आरगाउँ टिमलाई २-० ले पराजित गर्दै बासेल टिमले उपाधि हात पारेको छ । विजेता बासेल टिमले रनिङ शिल्डसहित पाँच सय स्विस प|mान्क, पदक र प्रमाणपत्र तथा उपविजेता आरगाउँ टिमले तीन सय स्विस प|mान्क प्राप्त गर्यो ।
विजेता टिमलाई एनआरएन स्वीटजरल्याण्डका पूर्व आईसीसी पि्रतम गुरुङ र एनआरएन स्वीटजरल्याण्डका पूर्व अध्यक्ष विनय श्रेष्ठले पदक वितरण गरेको नेपाली जनसम्पर्क समितिका उपाध्यक्ष एवं कार्यक्रमका संयोजक प्रेम सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment