Comments Add Comment

सुनकोसी पीडितलाई तामाङ् घेदुङ् कुवेतको सहयोग

tamang-ghedung-help

११ भदौ, कुवेत । सिन्धुपाल्चोकको जुरेमा गएको पहिरो पीडितहरुको लागि तामाङ् घेदुङ् आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।
तामाङ्ग घेदुङ्ग कुबेतद्वारा संकलित एक लाख २० हजार रुपैयाँ बाढीपिडित राहत वितरण समितिलाई हस्तान्तरण गरेको तामाङ् घेदुङ् कुबेतका अध्यक्ष राम लामाले बताए ।
कुवेतमा संकलित उक्त रकम शुक्रबार तामाङ घेदुङका केन्द्रीय महासचिव कुमार ब्लोन तामाङ र सचिव प्रतीक ङेसुर तामाङले पहिरो गएको क्षेत्रमा पुगी हस्तान्तरण गरेका हुन ।
कुबेतमा क्रियाशील अन्य नेपाली संघसस्थाले पनि बाढीपीडितका लागि आर्थिक संकलनलाई तिब्र पारेका छन् । सेक्टेम्बर पहिलो सातामा संकलित रकम छिट्टै नै नेपाल पठाइने संयोजक हरिकृष्ण न्यौपानेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment