Comments Add Comment

संसद चल्न नदिने प्रचण्डको अभिव्यक्ति अराजनीतिक : अर्थमन्त्री

Sejon-photo

११ भदौ काठमाडौं । अर्थमन्त्री डा. रामशरण महतले मंगलबार एमाओवादी अध्यक्ष प्रचण्डले संसदमा दिएको अभिव्यक्तिको आलोचना गरेका छन् । जिम्मेवार दलको अध्यक्ष भएर गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएको भन्दै महतले कडा आपत्ति जनाए ।

बुधबार नेपाल आर्थिक पत्रकार समाज सेजनको १५ वाषिर्क साधारणसभामा महतले यस्तो बताएका हुन । ‘प्रचण्डजीले हिँजो संसदमा गरेको भाषण पूर्णत गैरराजनीतिक छ’ उनले भने -संविधानसभाको दुईवटा निर्वाचन भइसकेपछि को यो अभिव्यक्तिले मुलुकमा निराशातफए उद्यत गरेको छ ।

आफू उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोवजक बन्न नपाउँदा संसद नै चल्न दिन्न भन्नु राजनीतिक संस्कार होइन । १० वर्षको हिंसात्मक द्धन्द्ध त्यागेर शान्तिपूर्ण राजनीतमा आएको आठ वर्षविते पनि माओवादीलाई द्धन्द्धकै धङधङगे रहेको उनको भनाई थियो ।

अबको जमाना आर्थिक विकासको भएकाले त्यसतर्फ गंभिर हुन आग्रह गरे । ‘यो अबरोधको राजनीति गर्ने बेला होइन, सम्मृद्धिको राजनीति गर्ने बेला हो’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment