Comments Add Comment

प्रचण्ड बिच्किएपछि बैद्यलाई बालुवाटारमा निम्तो

Susil-baidhya

११ भदौ, काठमाडौं । प्रमुख विपक्षी दल एनेकपा माआवादीसँग वार्ता भाँडिएका बेला सत्तारुढ कांग्रेस एमालेले संविधासनभा बाहिरको प्रमुख दल नेकपा माओवादीसँग छलफल थालेका छन् ।

आज अपरान्ह नेकपा माओवादीसँग सरकारको तर्फबाट कांग्रेस एमालेले छलफल गर्न लागेका हुन् । वार्तामा अध्यक्ष मोहन वैद्यको नेतृत्वमा नेताहरु जान लागेको माओवादी स्रोतले जनाएको छ ।

नेकपा माओवादीले राजनीतिक निकास र नया संविधानका लागि सर्वपक्षीय राजनीतिक सम्मेलन गर्नुपर्ने आफ्नो अडान आजको बैठकमा पनि राख्ने भएको छ ।

माओवादी उपाध्यक्ष सीपी गजुरेलले भने-हाम्रो बटमलाइन भनेकै सर्वपक्षीय राजनीतिक सम्मेलन हो,त्यसमा सरकार र दलहरु सहमत भए भने त्यसपछि संविधानसभामा सहभागी हुने वा बाहिर बसेर संविधान निर्माणमा सघाउने भन्ने कुरा हुन्छ ।

नेकपा माओवादीसँग वार्ता गर्नुअघि कांग्रेस र एमालेका नेताहरुबीच प्रमुख विपक्षी एमाओवादीको अल्टिमेटमबारे पनि छलफल हुनेछ ।
एमाओवादीले उच्चस्तरीय संयन्त्र तत्काल गठन गरेर त्यसको संयोजक प्रचण्डलाई बनाउनुपर्ने माग गरेको छ ।

नेकपा माओवादीले भने सर्वपक्षीय राजनीतिक सम्मेलन बाहेक अरु कुनै संयन्त्र गठनमा आफ्नो चासो नरहेको प्रष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment