Comments Add Comment

दैवी प्रकोप पीडितलाई आइएमई समूहको २० लाख सहयोग

Glowal-IME-Bank

११ भदौ, काठमाडौं । ग्लोबल आइएमई बैंक तथा आइएमई समूहले दैवी प्रकोप पीडितलाई २० लाख रुपैयाँ सहयोग गरेको छ । समुहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत देशभरका बाढी पहिरो पीडितलाई सहयोग प्रदान गरेको हो ।

ग्लोबल आइएमई बैंक तथा आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकालले बालुवाटारमा एक कार्यक्रम गरी प्रधानमन्त्री सुशील कोइरालालाई २० लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

ग्लोबल आइएमई बैंकले ११ लाख रुपैयाँ र आइएमई समूहले ९ लाख रुपैयाँ राहत संकलन गरेका थिए । दुबै संस्थाले संकलन गरेको राहत रकम अध्यक्ष ढकालले एकमुष्ट हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले विगतमा पनि बैंक तथा आईएमई समूहले सामाजिक उत्तरदायित्व वहन गर्दै बाढी पहिरो पीडितलाई सहयोग प्रदान गरेको स्मरण गरे । यस वर्ष पनि मुलुकमा आइपरेको विपत्तिको सामना गर्न सरकारलाई सहयोग गरेको उनको भनाई छ ।

अध्यक्ष ढकालले भविष्यमा पनि देशमा आइपरेका यस्ता विभिन्न विपत्तिहरु तथा पीडितहरुको सहयोगार्थ बैंक सधैं तत्पर रहिरहने प्रतिबद्धता समेत जाहेर गरे ।

राहत हस्तान्तरण कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अघिकृत जनक शर्मा पौड्याल र आइएमई समूहका प्रमुख कार्यकारी अघिकृत सुमन पोखरेलको पनि उपस्थिती रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment