Comments Add Comment

चुम्बन गर्नुपर्छ भनेपछि फिल्म नै छोडेँ : रीस्ता बस्नेत

rista-basnet
हाँस्य सिरियल ‘तितो सत्य’मा नक्कली हिसिला यमी बनेपछि एकाएक चर्चामा आएकी विपना बस्नेतकी छोरी हुन् रीस्ता बस्नेत । चलचित्र ‘होस्टेल’बाट सिने नगरीमा प्रवेश गरेकी उनले ‘यो कथा हो तिम्रो मेरो’, ‘अधकट्टी’, ‘एउटा साथी’ र ‘आधा पेज’मा अभिनय गरिसकेकी छिन् । नेपाली सिने नगरी र व्यक्तिगत जीवनका बारेमा रीस्ताले अनलाइनखबरसँग गरेको कुराकानी उनकै शब्दमा :
दबाब र फाइदा दुबै छ
पारिवारिक पृष्ठभूमि नै फिल्मी क्षेत्रमा भएपछि मानिसबाट धेरै राम्रो कामको चाहना हुँदोरहेछ । जसका कारण पनि, म अभिनयमा सधै नै दबाब महशुश गर्छु । तर मेरो ममीकै कारण धेरै ठाउँमा टिकाउन र चिनाउन मलाई सहयोग मिलेको छ । आजसम्म मानिसहरु मलाई विपना बस्नेतको छोरी भनेर चिन्छन्, रीस्ता भनेर होइन ।
सेक्सी सिनेमा बन्दा नआउने पक्का थियो
जब केही समयअघि नेपालमा सेक्स बिषयलाई लिएर धेरै सिनेमा बने, मलाई दिक्क लाग्न थाल्यो । सिने नगरीमा आउँछु भनेर पक्कापक्की गरेपनि विचमा आउँदिन भनेर बसेको थिए । ममी यही क्षेत्रमा भएकाले पनि मलाई सानैबाट अभिनयको सोख थियो । उहाँसँगै छायांकनमा जाँदा हिरोइनले गर्ने अभिनय, लाउने पहिरनबाट निक्कै प्रभावित थिए । तर विचमा सेक्सी सिनेमा आएपछि भने साह्रै दिक्क लाग्यो । तर ‘होस्टेल’ जस्तो यूवापुस्ताको सिनेमा आएपछि नकार्न सकिन ।

‘लूट’ र ‘चपली हाइट’ले बिगारे
सिने नगरीमा जब ‘लूट’ र ‘चपली हाइट’ जस्ता सिनेमा आए, यसपछि सबै भताभुङ्ग भयो । यसपछि त आफ्नो दिमागलाई छोडेर, धेरैजना यसकै पछि लागे । धेरै कलाकार यसपछि सिने नगरीमा आउन चाहेर पनि सकेनन् । सिनेमा नगरी यी दुबै चलचित्रले बिगारे ।

कलाकारकै कारण सेक्स दृश्य जन्मन्छ

मलाई त कलाकारकै कारण सिनेमा भित्र अनावश्यक दृश्य समावेश हुन्छन् भन्ने लाग्छ । किनकी, कलाकारले आफ्नो भूमिका हेरेर यस्ता दृश्य नदिने हो भने निर्माता तथा निर्देशक पनि अग्रसर हुने थिएनन् । आफूले देखाउने कतीसम्म हो, यसले मेरो करिअर र परिवारलाई कती असर पर्छ भनेर सोच्ने कलाकार नै हो । तर धेरै नायिकाहरुले यस्ता दृश्यबाट चर्चित बन्छु भन्दा क्षणिक सफल भएपनि अहिले असफल भएका छन् । Rista-Basnet6

चुम्बन गर्नुपर्छ भनेपछि सिनेमा नै छोडे
चलचित्र ‘आधा पेज’मा सबै कुरा पक्का भएको थियो, तर अन्तिममा चुम्बन गर्नुपर्छ भनियो । मैले चुम्बन नै गर्ने भए सिनेमा नै गर्दिन भनेर छोडे ।  तर २ दिनपछि चुम्बन नराख्ने शर्तमा फिल्ममा मलाई नै राखियो । कलाकारले पनि आफ्नो डिमाण्ड गर्न सक्नुपर्छ ।
म यस्ता दृश्य कहिल्यै पनि दिन्न । तर भोली एउटा स्थानमा पुगेपछि, सिने नगरीको अवस्था पनि परिवर्तन होला । जतिबेला सामान्य चुम्बनका दृश्य पचाउँन सकिएला । तर भल्गर दृश्य दिएर म कहिल्यै सिनेमा खेल्दिन । मेरो परिवारलाई प्रभाव गर्ने काम मैले गर्नुहुन्न भन्ने लाग्छ । सिनेमा त सबैले हेर्छन्, व्यक्तीगत जीवनमा के गर्ने, त्यो आफ्नो कुरा हो ।

प्रेम थियो, फिल्म क्षेत्रले नै छुटायो
उसले मलाई यो क्षेत्रमा नलाग्नु भनेको थियो । सधै ‘कालु’ यो क्षेत्रमा नआउँ है भन्थ्यो । तर मेरो चाहना भने सानैबाट यही क्षेत्रमा लाग्ने थियो । मलाई लाग्यो, म यो क्षेत्रमा लागेपछि यसैपनि नराम्रो हुन्छ । यही भएर केही समय पीडा भएतापनि टाढा हुनु नै राम्रो भनेर म अलग भए । करिब साढे २ बर्ष चलेको हाम्रो प्रेम छुट्यो ।

म सेलिब्रेटी बन्छु भनेर आएको नै हैन
मलाई थाहा छ, यहाँ जो पनि कलाकार, जो पनि हिरोइन भैरहेका छन् । यसैले पनि केही समयअघिसम्म रहेको स्टार क्रेज अहिले हराएको छ । अहिले हामी कलाकार मात्र भएका छौ । गल्ली गल्लीबाट कलाकार जन्मेका छन् । मलाई त कहिलेकाही कलाकार भन्न नी लाज लाग्छ । यसैले म सेलिब्रेटी बन्न आएको होइन । भाद्र १३ गतेबाट चल्ने मेरो चलचित्र ‘यो कथा हो तिम्रो मेरो’ मा मैले बिहे अघि  र बिहे पछिको नारीको भूमिका निर्वाहा गरेको छु । मलाई दर्शकले एकदमै भिन्न भूमिकामा देख्न सक्नुहुनेछ । रीस्ताले पनि यस्तो भूमिका गरेकी रैछ, भन्ने महुशश उहाँहरुलाई हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment