Comments Add Comment

सुशासनको पहलले कर्मचारी संयन्त्रमा भूकम्प-मन्त्री पण्डित

Lal-babu-pandit११ भदौ, जनकपुर । सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आफूले चालेको सुशासनसम्बन्धी पाइलाले कर्मचारी संयन्त्रमा भूकम्प आएको बताएका छन् । कुम्हार जातीय कुटी र पण्डित परिवारद्वारा बुधबार जनकपुरमा आयोजित कार्यक्रममा मन्त्री पण्डितले सो कुरा बताएका हुन् ।
‘जनताको सेवकको भावनाले काम नगर्ने कर्मचारीलाई पदमा रहने अधिकार छैन’, मन्त्री पण्डितले भने, ‘कर्मचारी वर्गले आफ्ना कमी कमजोरी सुधार्दै सुशासनको पक्षमा लाग्नु जरुरी भइसकेको छ ।’
कुम्हार जातीय कुटी समितिका उपाध्यक्ष रामविलास पण्डितको अध्यक्ष्यतामा भएको सो कार्यक्रममा सहप्राध्यापक रामसागर पण्डितले अफ्ना पूर्वजहरु समृद्ध भएपनि एकआपसमा सिर्जित द्वेषका कारण जातीय एकतामा समस्या आएकोेतर्फ ध्यानाकर्षण गराए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment