Comments Add Comment

महिलाहरूको झडपमा एकको मृत्यु

११ भदौ, सुनसरी । सुनसरीको बराहक्षेत्र गाविस-३ स्थित पुनरवास टोलमा महिलाबीच झडप हुँदा एकजनाको मृत्यु भएको छ ।

महिलाबीचको झडप छुट्टयाउन जाँदा बराहक्षेत्र-३ की ६० वर्षीया ज्ञानुमाया मगरको मृत्यु भएको हो । झगडा छुट्टयाउन गएकी मगरलाई चोट लागेपछि उपचारका लागि अस्पताल लाने क्रममा बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

सो झडपमा संलग्न रहेको आरोपमा सुनसरी प्रहरीले स्थानीय तीन जना महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बराहक्षेत्र-३ की तेलु राय, निलु राय र पवित्रा राय रहेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment