Comments Add Comment

महाधिवेशन आयोजक समिति बनाउने एमाओवादी तयारी

११ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले पार्टीको पदाधिकारीसहित संरचनालाई विघटन गरी महाधिवेशन आयोजक समिति बनाउने भएको छ ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको पोलिटब्यूरोको अनौपचारिक बैठकमा शीर्ष नेताहरुले केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा बदल्ने प्रस्ताव राखेका छन् । एक वर्षभित्र महाधिवेशन गर्ने गरी असोज १ गते बस्ने बैठकले केन्द्रीय समितिलाई आयोजक समिति बनाउनेछ’ एक नेताले भने ।

त्यसपछि पदाधिकारी, स्थायी समिति, पोलिटब्यूरो स्वतः विघटन हुनेछ । वैशाखमा राष्ट्रिय सम्मेलन गरेको माओवादीले मध्य जेठमा पदाधिकारी, स्थायी समिति र पोलिटब्यूरोको निर्वाचन गरेको थियो ।

राष्ट्रिय सम्मेलनसँगै अनसन्तुष्ट भट्टराई पक्षले भने चुनाव बहिस्कार गरेको थियो । बहिस्कारका बीच जिताइएका भट्टराई पक्षका नेताहरु बैठकमा अनुपस्थित भएपछि विवादित निकायलाई स्थगित गर्ने सहमति भएको नेता देवेन्द्र पौडेलले जानकारी दिए ।

बैद्यसहितका दलहरुसँग सहमतिको प्रयास 

बैठकमा नेताहरुले महाधिवेशन आयोजक समिति गठनसँगै एकता प्रक्रियामा रहेका बैद्य माओवादी, मातृका यादवको माओवादी र मणि थापाको पार्टीलाई पनि एकता प्रक्रियामा ल्याउन प्रयास गर्ने बताएका छन् ।

पाँच माओवादीबीच कार्यगत एकता भएको छ । तर, बैद्य माओवादीभित्रको विवादका कारण एकता प्रक्रिया अघि बढ्न सकेको छैन । ‘एउटै आयोजक समिति बनाउन हामी तयार छौं । तर, उहाँहरु पनि तयार हुनुपर्‍यो’ प्रचण्ड पक्षीय एक नेताले अनलाइनखबरसँग भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment