Comments Add Comment

दाङका बाढी पीडितलाई राहत वितरणमा मनपरी

Dang Flood VICTIM rAHATनिमुसंगम घर्ती
दाङ, ११ भदौ । दाङका बाढी पीडितहरुलाई राहत वितरण अव्यवस्थित भएको छ । प्रशासनले राहत वितरणमा एकद्धार प्रणाली लागू गर्ने निर्णय गरेपनि सरकारी तथा गैह्रसरकारी संस्थाले आफूखुसी राहत वितरण गरिरहेका छन् ।

जिल्ला दैवीप्रकोप उद्धार समिति र सर्वपक्षीय एवम् सर्वदलीय बैठकले नगद र जिन्सी दुबै राहत एकद्धार प्रणालीबाट वितरण गर्ने निर्णय मिच्दै संघ संस्थाले मनपरी राहत वितरण गरिरहेका छन् ।

संकलित नगद दैवी प्रकोप उद्दार कोषको बैंकमा जम्मा गर्ने र जिन्सी सामान प्रशासनसँग समन्वय गरेर क्षति र आवश्यकता अनुसार वितरण गर्ने निर्णय भएको थियो । राहत वितरण लागेका संघ संस्थाले प्रशासनको नियम मिच्दै पीडितहरुलाई राहत वितरण गरेको पाइएको हो ।

प्रशासनका नायब सुब्बा कृष्णकुमार शर्माले समितिको निर्णय सबैले पालना गर्नुपर्ने बताए । केही संस्थाहरुले नगद र जिन्सी आफुखुसी बितरण गरेको जानकारी आएको बताउँदै उनले  एकद्वार प्रणालीबाट जाँदा सबै पीडितसम्म राहत पुग्नेे बताए ।

दाङ पौने १० लाख संकलन

बाढी पीडितका लागि दाङमा राहत संकलन जारी रहेका प्रशासनले जनाएको छ  पीडितहरुको आवश्यकता अनुसार राहत वितरण भैरहेको प्रशासनले जनाएको छ ।

पीडितहरुले भने अस्थायी बसोबासका लागि टहरा बनाइरहेका छन् । साउन अन्तिममा आएकोे बाढी र पहिरोले दाङमा १४ जनाको मृत्यु भएको थियो । त्यसैगरी ४ जना बेपत्ता भएका थिए । विपत्तितले ५ सय २२ घर भत्केएका छन् भने ३ हजार ५ सयजना घरबारविहीन भएका छन् ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले दाङका बाढी पीडितका लागि स्थापित बाढी पीडित राहत कोषमा कबिर १० लाख रुपैयाँ संकलन भएको छ । सरकारी तथा गैरसरकारी संस्थाले बुधबारसम्म ९ लाख ७२ हजार ७४ रुपैयाँ ६४ पैसा संकलन भएको प्रशासनले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment