Comments Add Comment

जेएमईबाट पठाएको रकम मेगा बैंकबाट भुक्तानी

११ भदौ काठमाडौं । मेगा बैंक र जेएमई रेमिट कम्पनीबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । दुबै संस्थाबीच बुधबार राजधानीमा सम्झौता भएको हो ।

mega bankमेगा महल कान्तिपथमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र जेएमई रेमिटका अध्यक्ष दीपेन्द्र जोशीले सम्झौतापत्रमा संयुक्त हस्ताक्षर गरे ।

सम्झौता पश्चात जापानमा रहेका नेपालीहरुलाई स्वदेशमा रकम पठाउन थप सहज हुनेछ । जेएमईले जापानबाट पठाएको रकम मेगा बैंकका देशभर छरिएर रहेका २८ वटा शाखा र ११ सयभन्दा बढी एजेन्टहरुमार्फत सहजै भुक्तानी लिन सकिने बैंकले जनाएको छ ।

त्यसैगरी जेएमई रेमिटले पनि आफ्ना घरेलु एजेन्ट नेटवर्कमार्फत मेगा रेमिटको भुक्तानी गर्न सक्नेछ । यो व्यवस्थाले देशभरी नै सहज र छरितो रुपमा रेमिट्यान्स सेवा उपलब्ध हुने अपेक्षा लिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment