Comments Add Comment

तीजका गहना बेचेर बिजुली निकालौं : उर्जामन्त्री

women-leader

११ भदौ, काठमाडौं । उर्जामन्त्री राधा ज्ञवालीले तीजमा गहना लगाएर हिँड्नुको साटो ती गर-गहना बेचेर जलविद्युतमा लगानी गर्न महलिाहरुलाई आग्रह गरेकी छन् । महिला मन्त्री निलम केसीले तीज मनाउने खर्च बाढी पीडितलाई दिन आग्रह गरेकी छन् ।

रिपोर्टर्स क्लबमा बुधवार गरेक तिज विशेष कार्यक्रममा प्रमुख अतिथि बन्न पुगेकी मन्त्री ज्ञवालीले तीजलाई भड्किलो बनाउन धेरै खर्च गर्ने र गहनाको प्रर्दशनी गर्नुभन्दा त्यसलाई महिलाहरुले सहकारीमार्फत लगानी गरेर जलविद्युतको विकास गर्नुपर्ने बताइन् । मन्त्री ज्ञवालीले महिलाहरु संस्कृति र परम्परा जोगाउने नाममा धार्मिक जालोमा परेको बताइन् । यस्तो विकृतिमा लाग्नुभन्दा तीजलाई महिला अधिकार, मुलुकको विकास र समानताका लागि उपयोग गर्न मन्त्रीले सुझाव दिइन् ।

मन्त्री ज्ञवालीले नयाँ संविधानमा समानुपातिक प्रतिनिधित्वका लागि तीजको अभियानमार्फत महिलाहरुले दबाव सिर्जना गर्नुपर्ने बताइन् ।

मोजमस्ती गर्ने पैसा बाढी पीडितलाई दिऔं : केसी

महिला बालवालिका तथा समाज कल्याण मन्त्री निलम केसीले तीजलाई मोजमस्ती गर्ने भन्दा पनि समाज परिवर्तनका लागि प्रयोग गर्न सुझाव दिइन् । तीजमा खर्च गर्ने रकम बाढी पहिरो पीडित महिला तथा बालबालिकाको उद्धारमा खर्च गर्न केसीले आह्वान् गरिन् ।  मन्त्री केसीले भनिन्-‘तीजलाई खर्चिलो नबनाऔं । देशमा ठूलो संकट आएको छ , हामीजस्तै दिदीवहिनीहरु भोकभोकै मर्ने अवस्था छ ।’

मन्त्री केसीले महिलालाई एउटा रथको दुई पाङग्रा भनिए पनि एक पाङग्रा सानो पारिएको तर्क गर्दै मन्त्री परिषदबाट मनोनित हुने २६ सभासदमा आधा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने बताइन् ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सीता गुरुङ, राप्रपा नेपालकी सभासद कुन्ती शाही, फोरम लोकतान्त्रिककी सभासद गीता राणा, नेपाल महिला संघकी अध्यक्ष डीला संग्रौला, तमलोपाकी केन्द्रीय सदस्य चन्दा चौधरी लगायतले पनि बोलेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment