Comments Add Comment

राजनीतिक संयन्त्र बनाउँदा फरक पर्दैन मन्त्री : निधि

११ भदौ, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री विमलेन्द्र निधिले संविधानसभालाई सघाउन प्रमुख दलहरूबीच उच्चस्तरीय राजनीतिक संयन्त्र बनाउँदा केही फरक नपर्ने बताएका छन् ।

सत्तारुढ कांग्रेस र एमालेले संयन्त्र गठन गर्न नसकिने बताइरहेका बेला कांग्रेस नेता समेत रहेका निधिले चारबुँदे सहमतिबमोजिम संयन्त्र गठन गर्न दल इमान्दार हुनुपर्ने बताए र संयन्त्र गठन गर्दा सुपर क्याविनेट बन्छ कि ? भन्ने दलको आशङ्का मात्र भएको भन्दै उनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न र समयमै संविधान निर्माणमा सघाउन सहमतिका आधारमा राजनीतिक संयन्त्र गठन गर्नुपर्नेमा जोड दिए ।

नेपाल प्रेस युनियनले गरेको गरेको राष्ट्र निर्माणमा मिडियाको भूमिका विषयक अन्तक्रिर्या कार्यक्रममा मन्त्री निधिले नेपालमा प्रजातन्त्रका लागि भएका हरेक आन्दोलनमा सञ्चार माध्यमले महन्वपूर्ण भूमिका निभाएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment