Comments Add Comment

‘पीटीए’विरुद्ध सडकमा उत्रने १० वामको निर्णय

११ भदौ, काठमाडौं । भारतसँग गर्न लागिएको विद्युत व्यापार सम्झौता (पीटीए) र माथिल्लो कर्णालीको विद्युत विकास सम्झौता (पीडीए) विरुद्ध १० वामले आन्दोलनको घोषणा गरेका छन् ।
बुद्धनगरस्थित नेकपा एकीकृतको कार्यालयमा बुधबार बसेको संयुक्त बैठकले आन्दोलनको घोषणा गरेको हो । नेकपा माओवादीका सचिव देव गुरुङका अनुसार भदौ १३ गते यसबारे गोष्ठीको आयोजना गरिने भएको छ । त्यस्तै भदौ १७ गते ४ बजे शान्तिबाटिकामा विरोध प्रदर्शन गर्ने निर्णय भएको गुरुङले बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला ४५ दिनभित्र पीटीए र पीडीए गर्ने समझदारी भएको थियो । सोही समझदारी अनुसार सरकारले भारतसँग सम्झौता गर्ने तयारी गरिरहेका बेला १० बाम विरोधमा उत्रिएका हुन् ।

विरोधमा उत्रने दलमा सरकारमा सहभागी सीपी मैनालीको नेकपा मालेसमेत छ । त्यस्तै वैद्य नेतृत्वको नेकपा माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, नेकपा मसाल लगायतका साना वामपन्थी दलहरु १० दलीय मोर्चामा छन् । नेमकिपा, एमाओवादी र एमालेबाहेकका वाम दलहरु पीटीए र पीडीएको विरोधमा एकमुख भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment