Comments Add Comment

दर खान गएकी चेलीलाई पहिरोले पुर्‍यो

Lanslide Parbat११ भदौ, पर्वत । तीज मनाउन गएका तीन आमाछोरीको माइतीघरमै पहिरोले पुरेर मृत्यु भएको छ । पर्वतको कुश्मा नगरपालिका-१८ पकुवामा बुधबार बिहान आएको पहिरोले  जमुना पौडेल र उनका दुई छोरीहरुको ज्यान गएको हो ।

पहिरोले घर पुरेपछि बेपत्ता तीनैजनाको शव सुरक्षाकर्मीले निकालेका छन् । पहिरोले पुरेर मृत्यु हुनेमा २८ वर्षीया जमुना पौडेल, उनका छोरीहरु ४ वर्षीया जस्मिन र ६ वर्षीया खुशी पौडेल छन् । उनीहरुको शव सुरक्षाकर्मीले पहिरोस्थलबाट निकालेका छन् ।

पहिरोमा पुरिएकी जमुनाकी आमा ७० वर्षीया पुतली चापागाईलाई भने बेहोस अवस्थामा जीवितै उद्धार गरिएको छ । जमुनाका बुबा हरिलाल चापागाई भने करेसामा भेल पन्छाउन गएकाले बाँच्न सफल भएका छन् ।

खाटमा सुतेको अवस्थामा तीनैजनाको शव फेला परेको हो । पकुवाबाट राम्जाठाँटी जोड्ने सडकको भाग खसेर घर पुरेको हो । सडकबाट करिब ५ सय मिटर तलसम्म पहिरो झरेर घर पुरेको छ ।
-रोशन तिवारीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment