Comments Add Comment

धरम केसी ‘उत्कृष्ट एनआरएन’ घोषित

Dharam KC_११ भदौ, काठमाडौं । प्रवासमा रहँदा जोखिममा परेका परेका नेपालीको पक्षमा सक्रिय गैर आवासीय नेपाली संघका सल्लाहकार धरम केसी ‘उत्कृष्ट एनआरएन’ घोषित भएका छन् ।
केसीलाई कानुन न्याय तथा संसदीय व्यवस्था मन्त्री नरहरी आचार्यले ‘उत्कृष्ट एनआरएन’ घोषित गरेका हुन् ।
केसीले नेपालीको एकताका लागि सक्रिय भूमिका खेलेको, देशको गौरव बढाएको र नेपालको पर्यटन प्रबर्द्धनमा अगुवाई गरेको भन्दै उत्कृष्ट एनआरएन घोषित गरिएको हो ।
नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबर्द्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने र नेपालको सामाजिक, आर्थिक रुपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने व्यत्तित्वहरुको छनौट गरी ‘उत्कृष्ट एनआरएन’ घोषणा गर्ने चलन छ ।
सोलिडारिटी ट्रष्ट नेपालले दुई वर्षको समग्र मूल्याङकनको आधारमा धरम केसीलाई उत्कृष्ट एनआरएन घोषित गरेकोमा एनआरएनका प्रवक्ता मन केसीले बधाई दिएका छन् ।
सम्मान कार्यक्रममा संघका पूर्वसंरक्षक भिम उदास, संरक्षक रामेश्वर शाह  र गैरआवासीय नेपालीहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment