Comments Add Comment

एन्फा कप फुटबलमा ८ क्लब, उदघाटन खेलमा मनाङ र झापा भिड्ने

११ भदौ, काठमाडौं । १७ गतेबाट सुरु हुने नकआउट फुटबल प्रतियोगिता एन्फा कपमा ८ क्लबले सहभागिता जनाउने भएका छन् । एन्फाले बुधबार गरी खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतियोगितामा ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दीसँगै थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, सशस्त्र प्रहरीको एपपीएफ र शंकटाले खेल्नेछन् । यस्तै झापा फुटबल क्लब र मोरङ फुटबल क्लबले पनि भाग लिने एन्फाले जनाएको छ ।

एन्फाले नेतृत्वविरुद्ध आन्दोलनरत डिभिजनको चार क्लबमाथि भने एक वर्षे प्रतिवन्ध लगाएको छ ।

दशरथ रंगशालामा हुने उद्घाटन खेलमा मनाङ र झापा फुटबल क्लब आमने सामने हुनेछन् । १८ गते एपीएफ र थ्रीस्टार, १९ गते आर्मी र नेपाल पुलिस र २० गते शंकटा र मोरङ भिड्नेछन् ।

विजेता टोली सेमिफाइनलमा पुग्नेछ भने फाइनल २५ गते हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment