Comments Add Comment

कथालयले ल्यायो विद्युतीय पुस्तक एप्लिकेसन ‘वी रिड’

We-read

कथालयले नेपालकै पहिलो विद्युतीय पुस्तक एप्लिकेसन ‘वी रिड’ ल्याएको छ । यो एप्लिकेसनमा नेपाली लेखक तथा प्रकाशकले प्रकाशन गरेको अंग्रजी, नेपाली तथा अन्य क्षेत्रिय भाषाका (देवनागरी लिपीमा उपलव्ध हुने) पुस्तकहरु रहनेछन् ।

यो एप्लिकेसन एन्ड्रेएड र आईओएस सिस्टम चल्ने मोवाइल, ट्यावमा उपलब्ध हुनेछ । केहि महिनामा ई-पुस्तकालयको प्रवद्धनका लागि कम्प्युटर र ल्याप्टपमा विषेश संस्करण पनि उपलव्ध हुने कथालयले जनाएको छ ।

भुक्तानीका लागि पेपाल, इसेवा वा मोको प्रयोग गर्न सकिनेछ भने आगामी दिनमा वैङ्कको माध्यमवाट पनि खरिद तथा भुक्तानी गर्ने व्यवस्था मिलाइनेछ ।

वी रिडले युवा तथा पौढ पुस्तालाई केन्द्रविन्दुमा राखेर चर्चित साहित्यिक पुस्तक, उपन्यास, यात्रास्मरण, उत्प्रेरणात्मक, जीवनी आदि विद्याका पुस्तकहरु नेपाली र अंग्रेजी भाषामा प्रकाशन गरेको छ ।
·

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment