Comments Add Comment

तेन्जी शेर्पालाई सभासद बनाउन एमाले यूएईको माग

त्रिलोचन कोइराला

यूएई । संविधानसभाको पूर्णता दिन २६ सभासद मनोनयनका लागि दलहरू छलफलमा जुटेका बेला एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च यूएईले तेन्जी शेर्पालार्इ सभासदका लागि सिफारिस गर्न एमालेलाई आग्रह गरेको छ ।

tenzi sherpaमञ्चको शुक्रबार बसेको पाचौं बैठकले एनआरएनका पूर्वमहासचिव समेत रहेका शेर्पालाई आफ्नो पार्टीको तर्फबाट संबिधानसभा सदस्य बनाउन केन्द्रलाई शिफारिस गर्न अगाह गरेको हो । शेर्पा एनआरएनको गत वर्ष काठमान्डौमा सम्पन्न छैठौं विश्व सम्मेलनमा अध्यक्षको उम्मेदवार थिए । शेर्पाले एमाले नजिक रहेर प्रवासीको हितमा भूमिका खेल्दै आएका छन् ।

मञ्चले प्रवासमा रहेका लाखौं प्रवासी नेपालीहरुको प्रतिनिधित्व संविधान सभामा हुनुपर्ने भन्दै शेर्पालाई सभासद बनाउन पार्टी केन्द्रलाई दबाब दिएको हो । प्रवासी नेपालीको हकहित र सुरक्षाका लागि लामो समयदेखि कृयाशील तथा एनआरएनमा रहेर प्रवासी नेपालीको समस्या बुझ्नसक्ने खुबी शेर्पामा भएकाले उनलाई संबिधानसभा सदस्यमा मनोनित गर्नुपर्ने निर्णय गरेको मञ्चका महासचिव उत्तम अधिकारीले
बताए ।

यस अघि शेर्पालाई सभासद बनाउन एमाले सोलुखुम्बु तथा कोरिया एमालेले शिफारिस गरिसकेका छन् । एमाले यूएईले पनि शेर्पाको पक्षमा निर्णय गरेपछि पार्टीलाई थप दबाब परेको छ । प्रवासी नेपालीहरुको सम्मानकै लागि पार्टीले शेर्पालाई संबिधानसभा सदस्यमा मनोनित गर्नुपर्ने अधिकारी बताउँछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment