Comments Add Comment

इबोला भाइरस नियन्त्रण गर्न ठूला अस्पतालमा विशेष वार्ड बन्दै

ebola

१२ भदौ, काठमाडौं । इबोला भाइरस नियन्त्रण गर्न सरकारले ठूला अस्पतालमा आइसोलेसन वार्ड (विशेष उपकरणजडित छुट्टै कक्ष) स्थापनाको तयारी गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स सञ्चालनमा ल्याएको दुई सातामा आइसोलेसन वार्ड स्थापनाको तयारी भएको हो । दुई सयभन्दा बढी शय्या भएका अस्पतालमा त्यस्ता वार्ड बनाउन सरकारले निर्देशन दिइसकेको छ । १ भदौबाट विमानस्थलमा हेल्थ डेक्स सञ्चालनमा ल्याइएको थियो ।

स्वास्थ्य सेवा विभागको इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. बाबुराम मरासिनीले उपत्इकाका केही अस्पतालले वार्ड स्थापना अन्तिम चरणमा पुर्‍याएको र बाँकी अस्पतालले पनि तयारी गरिरहेको बताएको नयाँ पत्रिकामा खबर छ ।

म्हाशाखाका अनुसार टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, पाटन अस्पताल, नर्भिक अस्पताल, बी एन्ड बी अस्पताल तथा धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वार्ड स्थापनाको तयारी भइसकेको छ ।

डा. मरासिनीले टेकु अस्पताल, पाटन अस्पताल र वीर अस्पतालमा छुट्टै टीम बनाएर आइसोलेसन वार्ड बनाउने तयारी भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment