Comments Add Comment

बिहीबारका छापामा मुख्य खबर

राजधानीबाट बिहीबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले एमाओवादी पूर्वसंरचना मै फर्कियो, एक वर्षभित्र विशेष महाधिवेशन बोलाउने तयारी रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नयाँ पत्रिकाले चार वर्षमा साढे पाँच लाख विद्यार्थी घटेको, ओलम्पिक कमिटीको अवैध खाता रहेको, इबोलाको उपचारका लागि ठूला अस्पतालमा विशेष कक्ष निर्माणको तयारी रहेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
नागरिक दैनिकले आसुँले तीज बगाएको, एमाओवादी केन्द्रीय समिति विघटन गरिने, यात्रुहरु पुल हेर्दै दिन कटाउँदै गरेको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
राजधानी दैनिकले व्यवसायीको पहलमा अवरुद्ध सडकको ट्रयाक जोडिएको, एमाओवादीका कारण माओवादीसहित चार दलको बैठक भाँडिएको, पूर्वी मोरङमा फैलिएको महामारी निपा भाइरसको आशंका भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।
अन्नपूर्ण पोस्टले हतियार खरिद प्रकरणमा लेखा समितिमा छलफल सुरु भएको, एमाओवादी अध्यक्ष प्रचण्डलाई संयोजक बनाइदिए हुने कांग्रेस नेता निधिले भनेको खबरलाई प्राथमिकताका साथ छापेको ।

1

2

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment