Comments Add Comment

विहीवारको दैनिक पत्रिकामा बिजनेश खबर

विहीवार राजधानीबाट प्रकाशित हुने आर्थिक क्षेत्रका पत्रिकाहरुले फरक फरक विषयका खबर प्रकाशित गरेका छन् ।

कारोबार दैनिकले ‘राष्ट्र बैंकको प्रष्टीकरणले हासियो बजार नेप्से ३९ अंकले बढ्यो’ शीर्षकको खबरलाई मुख्य खबर बनाएको छ । पछिल्ला दुईदिन सवैलाई चकित पार्दै ओरालो लागेको सेयर बजारले बुधवार लय समालेको छ । सेयर लगानी सम्बन्धी राष्ट्र बैंकको नयाँ ब्यवस्थाले असमञ्जसमा परेको बजार दुई दिनमा ६४ अंकले खस्किएको थियो ।

यस्तै, यूटीएलको युनिफाइड लाइसेन्स प्रक्रिया ठप्प, संकटमा जुट उद्योग, २९ हजार सैनिकलाई ४ अर्ब सहुलियत ऋण, वर्कसप सञ्चालनका लागि नयाँ मापदण्ड तथा संसदमा थन्किएको बजेटबारे उद्योगपतिहरुको धारणा लगायतका खबर कारोबार दैनिकमा छ ।

आर्थिक दैनिकले ‘एन्फा अध्यक्ष थापाद्वारा भ्याट र कर छली गरेको स्वीकार’ शीर्षकको खबरलाई प्रमुख बनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष गणेश थापाले सस्तोका लागि भ्याट र सजिलोको लागि कर छली गरेर खर्च गर्ने गरेको स्वीकार गर्ने गरेका छन् ।

यस्तै, प्रधानमन्त्री राहत कोषमा २६ करोड, सडक विस्तारमा भत्काइएका घरबारे सरकार नै तथ्याङ्कविहिन, आज साँझदेखि अरनिको राजमार्गको वैकल्पिक सडक सञ्चालनमा आउने, राइजिङ बैंकद्वारा हिमालयन फाइनान्सविरुद्ध पुनरावेदनमा मुद्दा, दशैंमा यातायात ब्यवस्थापन गर्न सरकार उदासीन, निःशुल्क भिसाको नाममा म्यानपावरको ठगी शीर्षकका खबरहरु आर्थिक दैनिकले छापेको छ ।

अन्नपूर्ण पोष्टले ‘अवैध सम्पत्ति आर्जन नेपाल अझै उच्च जोखिममा’ शीर्षकको खबरलाई मुख्य खबर बनाएको छ । वासेल सम्पत्ति शुद्धीकरण सूचकाङ्क -वासेलएएमएल इन्डेक्स) ले अवैध सम्पत्ति आर्जनमा नेपाल अझै उच्च जोखिमा रहेको देखाएको हो ।

समस्याग्रस्त वित्तीय संस्थाः धितोको सम्पति विक्री नहुँदा सुधार भएन, कोरियाका गैरकानूनी कामदार फिर्ता हुन कार्तिक १४ सम्म समय, रिडीका पर्यटकीय पौवा जीर्ण लगायतका खबर अन्नपूर्ण पोष्टमा छ ।

नागरिक दैनिकले ‘मलेसिया तोडफोड आरोपमा ३९ नेपाली पक्राउ भएको खबरलाई मुख्य खबर बनाएको छ । रोजगारदाताको लापरवाहीले विरामी सहकर्मीको मृत्यु भएको भन्दै आक्रोशित नेपाली कामदारले मलेसियाको जोहोर क्षेत्रस्थित जेसीवाई कम्पनीमा तोडफोडमा संलग्न भएको भन्दै ३९ जना नेपाली कामदार पक्राउ परेका हुन् ।

यस्तै, फास्ट ट्रयाक निर्माण अझै अन्यौलमा, विदेशमा मेडिकल फेल भएर फर्किने कामदारलाई तत्काल क्षतिपूर्ति दिन प्रधानमन्त्रीको निर्देशन, राजधानीमा फलफूल ब्यापार बढ्यो लगायतको खबर नागरिक दैनिकले छापेको छ ।

aarthik-1

annpurna-1

karobar-1

nagarik-1

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment