Comments Add Comment

ओलम्पिक कमिटीको बैंक खाता अवैध !

olympic१२ भदौ, काठमाडौ । सर्वोच्च अदालतको आदेशविपरीत ध्रुवबहादुर प्रधान अध्यक्ष रहेको नेपाल ओलम्पिक कमिटी (एनओसी)ले माछापुछ्र्रे बैंकमा खाता सञ्चालन गरिहेको छ । एनओसीले माछापुछ्रेमा खाता नम्बर १६०१८४०२३०२९५०१७ बाट आर्थिक कारोबार गरिरहेको छ ।

बैंक खाता पनि एनओसीको एकल नाममा छैन । ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) र एनओसीको संयुक्त नाममा बैक खाता खोलिएको नयाँ पत्रिकामा खबर छ । जसको सञ्चालकमा अध्यक्ष प्रधान, महासचिव जीवनराम श्रेष्ठ र ओसीएका खेलकूद निर्देशक केवेती नागरिक हैदर अब्बास फर्मान रहेका छन् । बैंक ‘र्फम’को ‘एकाउन्ट नेम’मा ‘ओलम्पिक काउन्सिल अफ एसिया/नेपाल ओलम्पिक कमिटी’ लेखिएको छ ।

९ मे २०१२ मा लेखिएको बैंक खातामा सम्पर्क नम्बर ९८४१३४१०६९ उल्लेख गरिएको छ । यो नम्बर एनओसीकै कर्मचारीको हो । ओसीएका पदाधिकारी नै एनओसीको बैंक खाता सञ्चालक बनेपछि थप शंका उब्जिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment