Comments Add Comment

तीजको शुभकामना, सवैको दीर्घायु होस्ः उपराष्ट्रपति

१२ भदौ, काठमाडौं । नेपाली नारीहरुले मनाउने महान पर्व हरितालिका तीजको उपलक्ष्यमा उपराष्ट्रपति तथा विभिन्न दलका शीर्ष नेताहरुले शुभकामना व्यक्त गरेका छन् । उनीहरुले देश विदेशमा बस्ने नेपाली नारीहरुको सुख, स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतीको कामना गरेका छन् ।
उपराष्ट्रपति परमान्द झाले तीजको शुभकामना दिँदै देशभित्र र विदेशमा बस्ने सम्पूर्ण नेपाली दिदीबहिनीहरूको सुख, समृद्धि, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन् ।
त्यस्तै पूर्वप्रधानमन्त्री एवम् नेपाली काँग्रेसका नेता शेरबहादुर देउवाले नेपाली महिलाहरूको महान पर्व हरितालिका तीजको शुभकामना दिँदै स्वाबलम्बी बन्न आग्रह गरेका छन् ।
कांग्रेसका उपभसापति रामचन्द्र पौडेलले पनि तीजको शुभकाना दिँदै तीजले महिलालाई एकताबद्ध बनाएको बताए ।
पूर्वप्रधानमन्त्री तथा एमाओवादी नेता डा. बाबुराम भट्टराईले पनि तीजको उपलक्ष्यमा नेपाली दिदीबहिनीहरुलाई शुभकामना दिँदै भोकै बस्दा श्रीमानको आयु बढ्ने भ्रममा नरहन आग्रह गरेका छन् । नेपालमा महिलाको तुलनामा पुरुषको आयु कम हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment