Comments Add Comment

महिलाको सुरक्षा गर्न २ हजार सुरक्षाकर्मी परिचालन

१२ भदौ, काठमाडौं । महिलाहरुको महाव पर्व हरितालिका तीजको सुरक्षाका लागि पशुपति क्षेत्रमा २ हजार २ सय ४६ सुरक्षाकर्मी परिचालन गरिएको छ । पशुपतिनाथ मन्दिरमा आउने श्रद्धालुको सुरक्षाका लागि एकसय १३ महिला प्रहरीसहितका सुरक्षाकर्मी परिचालन गरिएको हो । त्यस्तै २ सय महिला स्वयंसेवक परिचालन गरिएको छ ।

मन्दिरको भित्रीभागमा महिला प्रहरी र महिला स्वयम्सेवकलाई परिचालन गरिएको छ ।

मन्दिरमा दर्शनका लागि बिहान साढे तीन बजेदेखि नै दर्शनका लागि व्यवस्था मिलाइएको कोष सदस्यसचिव डा. गोविन्द टण्डनले जानकारी दिए ।
तीज पर्व्ामा महिलाको भीड लाग्ने भएकाले पुरुष दर्शनार्थीलाई बिहान छ बजे अगाडि नै दर्शन गरिसक्न सूचित गरिएको कोषका कानुन अधिकृत कमलबहादुर बोगटीले बताए ।

विगतमा भएका कमीकमजोरीलाई सच्याएर यस वर्ष व्यवस्थित रुपमा दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको तीज व्यवस्थापन समितिका संयोजक तारानाथ सुवेदीले बताए ।
यता दर्शन गर्न गएका ब्रतालु महिलाहरुले पनि विगतमा जस्तो यसपटक दुःख नपाएको र लाइन बसेर एकघन्टा भित्रमा नै मन्दिरको दर्शन गरेर फर्किएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment