Comments Add Comment

आफ्नो मर्दलाई घरभित्र नचाउँछु : शोभा त्रिपाठी

shobha

आफूलाई राष्ट्रप्रेमी गायिकाको रुपमा चिनाउन चाहन्छिन् शोभा त्रिपाठी । उनले गाउने प्रायः तीज गीतमा कतै न कतै देश प्रेम झल्केकै हुन्छ ।
यसपाली पनि रातो पासपोर्ट नभएको र स्वदेशमै केही गर्न चाहने पुरुषको खोजी गरेको आशयको गीत गाएकी छिन् उनले । रातो पासपोर्ट भाको नि भन्दिन, अमेरिका गाको नि भन्दिन…बोलको गीत गाएकी शोभा यहि मुलुकमा बसेर आफूलाई पुग्ने कमाई गरेको बताउँछिन् ।

हेरौं, शोभासँग गरेको कुराकानीको संक्षेप-

धेरै गायक गायिका तीज मनाउन विदेश गएका छन् तपाइ किन नजानु भएको ?

मलाई पनि जापान लगायत केही मुलुकवाट तीज कार्यक्रमका लागि निम्ता आएको थियो तर, गईन । धेरैले पैसा चाँही दिन सक्दैनौं घुमाईदिन्छौं भन्छन् । म त्यस्तो कार्यक्रममा जान्न । अर्को कुरा म यही बसेर दिनमा २५ हजारसम्म कमाउन सक्छु भने किन जाने विदेश ?

गीतमा त तपाई राष्ट्रप्रेमी देखिनुहुन्छ नि ?

गीतमा मात्रै हैन, म ब्यबहारमा पनि राष्ट्रवादी छु । यो मुलकमा जन्मेकाहरुले यहि मुलुकमा बसेर केही गर्नुपर्ने मान्यता राख्छु । मुलुकको बेरोजगारी हटाउने हो भने विदेश गएर होईन यहि मुलुकमा बसेर काम गर्नुपर्छ ।

तीज स्पेशल कार्यक्रम के छ ? तीजको दिन के गर्नुहुन्छ ?

दिनभरि जसो कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले म तीजको दिन ब्रत बस्दिन । तीजको दिन बिहानैदेखि भक्तपुरको सिपाडोलमा रहेको डोलेश्वर महादेब मन्दिरमा जान्छु र त्यहीका दिदी बहिनीहरुसँग गीत गाएर नाच्छु ।

पशुपति जानुहुन्न ?

म त डोलेश्वर महादेवको भक्त हुँ । म त्यहि जान्छु, त्यहि रमाइलो लाग्छ । साउनदेखि नै डोलेश्वर महादेव धाउन थालेकी छु ।

डोलेश्वर महादेबको भक्त भएर पनि के मर्द जुराईदेउ भरिहनु भएको त ? महादेबले सहयोग गरेनन् ?

किन नगर्नु ? महादेबको सहयोग पाईसकेको छु । मैले मर्द भेटिसकेको छु । यही हिउँदमा मैले खोजेको मर्द तपाइहरुलाई पनि भेटाउने छु ।

भनेपछि अर्को वर्ष तीजमा तपाईको गीतमा मर्दले पनि कम्मर मर्काएको देखिन्छ हो ?

तीन वर्ष भयो मैले तीजको गीतमा पुरुषलाई नचाएको छैन् । तीज त नारीहरुको चाड हो किन पुरुषहरुलाई नचाउने ? आफ्नो मर्दलाई घरभित्रै नचाउँछु, भिडियोमा त म मात्रै देखिन्छु । राज्यले नै तीजलाई महिलाको चाडको मान्यता दिएको छ भने पुरुषलाइ किन सहभागी गराउने ?

शहरमा त महिला पुरुष दुबै नाच्छन् नि तीजमा ?

शहरका मान्छे अलि फरक छन् । पुरुष नाच्छन् मात्रै हैन, कतिपय तीज कार्यक्रममा हिन्दी गीत बजाएर नाचेको पनि भेटेको छु । यो राम्रो होईन ।

तपाई त नाच्नु पनि हुन्छ । गाउँदा र नाच्दा के मा बढी आनन्द छ ?

म संगीतको विद्यार्थी हुँ । मलाई गायिका नै भएर चिनिनु छ । नाच पनि मेरा दर्शक एवं स्रोताले मन पराएकाले नाचेकी मात्रै हुँ ।

तस्वीरः शिवलाल श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment