Comments Add Comment

श्रीमतीलाई मोटी भन्ने लोग्ने विरुद्ध मुद्दा चल्ने

bhadda
आफ्नी श्रीमतीलाई बढि मोटी र भद्दा भनेर होच्याउने वा दिनदिनै गनगन गर्ने लोग्नेहरुले अब जेलको हावा खाने खतरा छ ।
श्रीमतीलाई यस्तो वचन लगाउने लोग्ने विरुद्ध घरेलु हिंसा वा दुव्र्यवहारको अभियोग लाग्नसक्छ ।
झसँग हुनुभयो होला । तर, यस्तो हुन लागेको हाम्रो नेपालमा हैन, बेलायतको कुरा हो । बेलायतकी एकजना छायाँ मन्त्रीपरिषदकी मन्त्राणीले यस्तो चेतावनी दिएकी हुन् ।
बेलायतको विपक्षी लेबर पार्टीको छायाँ सरकारकी घरेलु हिंसा नियन्त्रण मन्त्रालयकी छायाँ मन्त्री सीमा मलहोत्राले यस्तो खालको व्यवहार भौतिक आक्रमण जत्तिकै खराब रहेको दाबी गरेकी छिन् ।
उनका अनुसार यस्तो वचन बोल्नु भनेको व्यवहार नियन्त्रणको एक पाटो हुनसक्छ जसले महिलाहरुलाई त्रसित बनाउने तथा आफ्नै घरभित्र समेत आतंकित बनाउँछ ।
महिलाको जिउडाललाई लिएर नियमित रुपमा आलोचना गर्नुलाई भविष्यमा शारीरिक हिंसाको एक सूचकको रुपमा लिन सकिने उनको भनाइ छ ।
मेल अनलाइनसँगको कुराकानीमा उनले एक जना महिलाले लोग्नेको नियन्त्रणमूखी व्यवहार सधै सहनुपरेकै कारण घर छाड्नुपरेको अनुभव सुनाइन् ।
उनका अनुसार महिलाका लोग्नेले सुरुमा उनको जिउडाललाई लिएर आलोचना गर्ने गर्दथे । पछि उनको लवाइ खवाइ लगायत सबै काममा नियन्त्रण गर्न थाले ।
हाउस अफ कमन्सकी सांसद समेत रहेकी मलहोत्राले सन् २०११ को उपचुनावमा लण्डनबाट जितेकी हुन् । उनका अनुसार बेलायतका घरेलुहिंसा पीडित महिलाहरुलाई प्रहरीले समेत ध्यान दिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment