Comments Add Comment

दाङमा नियम उल्लंघन गर्ने गाडीबाट ७ लाख संकलन

१२ भदौ, दाङ । दाङमा एक महिनाको अवधिमा तीन हजार ४ सय २० वटा सवारी साधनलाई कारबाही गरिएको छ । ट्राफिक नियम उल्लंघन गर्ने सवारीलाई ट्राफिक प्रहरीले कारबाही गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार १ हजार ४६ वटा मोटरसाईकल, १ हजार ४ सय ट्रक, ३ सय ६८ वटा बस, ३ सय ६३ वटा कारलाई कारबाही गरिएको छ । त्यस्तै २ सय ४३ वटा ट्रयाक्टर कारबाहीमा परेको ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।

नियम उलङघन गर्ने ती सवारीका साधनबाट ७ लाख १२ हजार ४ सय ५० रुपैयाँ राजस्व संकलन भएको छ ।
यसैबीच कार्यालयले मादक पदार्थ सेवन गरी सवारी चलाएका ३६ जना चालकलाई कार्वाही गर्दा ३६ हजार रुपैयाँ राजस्व संकलन भएको छ । साउन महिनामा १० वटा सवारी दुर्घटना हुदा ३ जनाको मृत्यु र २४ जना घाईते भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment