Comments Add Comment

चार अर्ब कर्जा बढ्दा, निक्षेप एक अर्ब घट्यो

१२ भदौ काठमाडौं । पछिल्लो समय बैंकहरुको कर्जा प्रवाह उल्लेख्य रुपमा बढेको छ । एक हप्तामै कर्जा चार अर्ब रुपैयाँले बढेको nrbनेपाल राष्ट्र बैंकले जनाएको छ । तर, सोही अवधिमा निक्षेप भने एक अर्ब रुपैयाँले घटेको छ ।

राष्ट्र बैंकका पछिल्लो तथ्यांकअनुसार साउन ३० गते बैंकहरुको कूल निक्षेप निक्षेप १२ खर्ब रुपैयाँ छ भने कर्जा १२ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । त्यसको एक हप्ताअघि निक्षेप १२ खर्ब १ अर्ब रुपैयाँ थियो भने कर्जा १२ खर्ब ४ अर्ब रुपैयाँ रहेको थियो ।

निजी क्षेत्रबाट माग आएपछि कर्जा बढेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । बैंकहरुको कर्जा बढेसँगै अधिक तरलताको समस्याबाट बैंकिङ क्षेत्र मुक्त हुने अपेक्षा गरिएको छ । विगत दुई वर्षदेखि बैंकिङ क्षेत्र अधिक तरलताको समस्याबाट गुज्रिदै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment