Comments Add Comment

बाढी पीडितका लागि जनसम्पर्क समिति भर्जिनियाको सहयोग

विजय थापा 

NC FLAG११भदौ, भर्जिनिया । साउनमा देशभर गएको बाढी पहिरोबाट पीडित बनेकालार्इ जनसम्पर्क समिति भर्जिनिया शाखाले १ लाख १हजार आर्थिक सहयोग गर्ने भएको छ l

शाखाको कार्यकारी समितिकासदस्यहरुबाट सो रकम उठाईएको हो l नेपाली कांग्रेसले काठमाडौँको बाढी पीडितका लागिखोलेको राहत कोष अन्तर्गत नेपाल बैंक लिमिटेडको खातामा जम्मा हुने गरीसो रकम पठाउन लागिएको हो ।

बाढी पहिरोबाट सयौं नागरिकले ज्यान गुमाउनु परेर हजार बढीले घरबार गुमाउनु परेको अवस्थामा परदेशमा बसेका नेपालीले साथ दिएका हुन् ।

समितिमा प्रस्ताव राखेपछि स्वतस्फुर्त रकम जम्मा भएकोमा खुसी व्यक्त गर्दै अधक्ष्य रामशरण हुमागाईले कार्यकारी समितिकासाथीहरुलाई धन्यबाद दिए ।बीपीका आदर्श र सिद्धान्तप्रति आस्थावान रकर्तब्य निष्ठ रहेको जनाउँदै अध्यक्ष हुमागाइँले मानवीय तथा सामाजिक सेवा गर्न सदैव अग्रसर हुने हुमागाइँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment