Comments Add Comment

व्यापारीले ग्राहकलाई ठगे, सयको सीम ३ सयमा कारोबार

१२ भदौ, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका स्थानीयबासीले सीम तथा मोबाइल व्यापारीले ग्राहकलाई ठगेको गुनासो गरेका छन् । पसलेहरुले सय रुपैयाँ पर्ने सीमलाई तीन सय रुपैयाँ लिने गरेको स्थानीयबासी मोहृमद खानले गुनासो गरे ।

कृष्णनगरमा रहेको न्यु मोवाइल वल्ड पसलका संचालक मोहन गोयलले रिचार्ज कार्ड र सीममा ग्रहकहरुलाई ठग्दै आएको सर्वसाधारणले गुनासो गरेका छन् । त्यहाँ आधा दर्जनभन्दा बढी पसलले मोवाइल तथा सीम बिक्री वितरण गर्दै आएका छन् ।

रोजगारीका लागि भारत गएका नेपालीहरु फर्किदा सीम र रिचार्ज कार्डमा ठगिने गरेको प्युठानका बाला थापाले बताए । सीम र रिचार्ज दुवैको मूल्य उच्च रहेको थापाको भनाई छ ।

त्यस्तै रिचार्ज कार्डमा पनि व्यापारीहरुले एक सयको कार्डमा २० रुपैयाँभन्दा बढी रकम लिने गरेको कृष्णनगरका अकुंश श्रीवास्तवले बताए ।

यता एनसेल र एनटीसीको ग्राहक सम्पर्क शाखाले भने सिम र कार्डको निर्धारित मुल्य भन्दा बढिमा काही कसैले बिक्रि वितरण गरेको पाइए कडा कारर्बाहि गर्ने बताएको छ ।
सनिउल्लाह धोबी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment