Comments Add Comment

सुकिलुम्बा विमानस्थललाई बजेट अभाव

१२ भदौ, इलाम । इलाम नगरपालिकामा निर्माणाधीन सुकिलुम्बा विमानस्थलको धावन मार्ग पूरा भए पनि बाँकी संरचना निर्माण गर्न बजेट अभाव भएको छ ।

आर्थिक वर्ष २०७१/०७२ को बजेटमा विमानस्थलका लागि बजेट व्यवस्था नगर्दा विमानस्थल अधुरै रहने भएको हो ।

विमानस्थल सञ्चालन गर्न टर्मिनल टावर भवन, कर्मचारीको आवास, धावन मार्ग कालोपत्रे, पक्की नाली निर्माण, पार्किङ तथा गोलाखर्क भञ्ज्याङदेखि विमानस्थलसम्म पुग्ने सडक र नाली निर्माण गर्नलाई बजेट अभाव भएको नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर रामहरि महर्जनले बतए ।

एक वर्षअघिदेखि निर्माण थालिएको ६० मिटर चौडा र ७६० मिटर लम्बाइ भएको कच्ची धावन मार्ग भदौ पहिलो साता निर्माण सम्पन्न भएको छ । धावन मार्गलाई अहिले त्यत्तिकै छाड्दा पानीले बिग्रदै जाने भएकाले तत्काल थप संरचना निर्माण गर्नुपर्ने आवश्यक रहेको उनको भनाइ छ ।

विमानस्थलमा थप संरचना निर्माण गर्न १३ करोड रुपैयाँ बजेट आवश्यक पर्ने भएकाले प्राधिकरणले सरकारसँग माग गरेको छ । करिब रु सात करोड खर्चेर धावन मार्गसहित ग्याबिन वाल र कल्भर्ट निर्माण भइसकेको एपेक्स निर्माण सेवाका प्रतिनिधि सन्तोष कटवालले जानकारी दिए ।

विमानस्थलका लागि आवश्यक ३२६ रोपनी जग्गा जिविस, नगरपालिका, ४८ गाविस, सांसद विकास कोष, विभिन्न सङ्घसंस्था र व्यक्तिबाट चन्दा सङ्कलन गरी खरिद गरिएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment