Comments Add Comment

आर्सनल च्याम्पियन्स लिगका लागि छनोट

Alexis-Sanchez

१२ भदौ, काठमाडौं । आर्सनल च्याम्पियन्स लिग फुटबलका लागि छनोट भएको छ । प्ले अफमा बोसिक्टासलाई समग्रमा १-० गोल अन्तरले पराजित गर्दै आर्सनलले १७ औं सिजन च्याम्पियन्स लिगको समूह चरण खेल्ने भएको हो ।

बुधबार राति भएको दोस्रो प्ले अफमा आर्सनल १-० ले विजयी भयो । आर्सनलको जितमा पहिलो हापको अन्तिम मिनेटमा एलेक्स सान्चेजले गोल गरेका थिए । बार्सिलोनाबाट यसै सिजन लण्डन आएका सान्चेजको आर्सनलका लागि पहिलो गोल हो ।

खेलको ७५ औं मिनेटमा आर्सनल १० खेलाडीमा सिमित भयो । म्याथ्यु रातो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

पहिले लेग गोलरहित बराबरीमा सकिएको थियो । यस्तै माल्मो, एल्लेटिक र लिभरकुसन पनि च्याम्पियन्स लिग खेल्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment