Comments Add Comment

प्रधानमन्त्रीले भने-मुलुकले उज्यालो पाउँछ, विकास कसैले रोक्न सक्दैन

१२ भदौ, काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले नेपालको देशमा उज्यालो छाउने बताएका छन् । बाढीपीडितका लागि सहयोग प्रदान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा कोइरालाले आफ्नो स्वास्थ्यस्थिति राम्रो भएको बताए । कोइरालाले भने-‘म ठीक छु । संविधान समयमै आउँछ । नेपाल अव उज्यालो बन्नेछ । नेपालको विकास हुँदैछ । यसलाई कसैले रोक्न सक्दैन ।’

Susil-koiralaबाढीले देशभर बिनास गरे पनि राहत र उद्दारका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने भन्दै सवैले त्यसको अनुगमन गरेको र उद्दार तथा राहत वितरणमा प्रतिपक्षी पनि लागि परेको बताए । यद्यपी पीडितलाई प्रदान गरिने राहत सामग्री र रकम सही सदुपयोग नभएको र सम्बन्धित व्यक्तिले नपाएको भन्ने गुनासो आएको भन्दै चिन्ता व्यक्त गरे ।
कार्यक्रममा विभिन्न संघ संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा राहत रकम जम्मा गरेका छन् ।

भारतीय दूतावासद्धारा ४ करोड ७७ लाख सहयोग

प्रधानमन्त्री दैवी प्रकोप उद्वार कोषमा भारतीय राजदूतावासले ४ करोड ७७ लाख ३९ हजार रुपैया (भारु ३ करोड) सहयोग प्रदान गरेको छ ।
बिहिबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रममा नेपालकालागि भारतीय राजदूत रञ्जित रेले प्रधानमन्त्री सुशील कोइरालालाई सो रकम उल्लेखित चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा भारतीय राजदूत रेले हालैको बाढी पहिरोबाट पीडितहरुलाई राहत र पुनस्थापनाका लागि नेपाल सरकारले थालेका काममा सघाउन भारत सरकारका तर्फबाट सो रकम प्रदान गरिएको बताए ।

बैंक तथा संस्थाबाट सहयोग प्रदान

आजै प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित अर्को कार्यक्रममा एपेक्स कलेज, सिद्धार्थ बैक,सिभिल बैंक र सांगि्रला म्यानेजमेण्ट एण्ड होटल ट्रेनिङ्ग सेन्टरले प्रधानमन्त्री दैवि प्रकोप उद्वार कोषमा आर्थिक सहयोग प्रदान गरेका छन ।

राजधानीमा सञ्चालित एपेक्स कलेजका तर्फबाट सञ्चालक समितिका अध्यक्ष एवं सूचना तथा सञ्चार मन्त्री डा. मिनेन्द्र रिजालले प्रधानमन्त्री सुशील कोइरालालाई १ लाख ११ हजार १ सय ११ रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

त्यस्तै सिद्धार्थ बैंक लिमिटेडका तर्फबाट अध्यक्ष चिरञ्जीवीलाल अग्रवालले १० लाख रुपैयाको चेक प्रधानमन्त्री कोइरालालाई हस्तान्तरण गरे । त्यस्तै सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जनले ५ लाख ७५ हजार रुपैयाको चेक प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरेका छन् । आजै सांग्रिला म्यानेजमेण्ट एण्ड होटल ट्रेनिङ्ग सेन्टरले प्रधानमन्त्री राहत कोषमा ३० हजार रुपैया प्रदान गरेको छ । सेन्टरका तर्फबाट निरज श्रेष्ठले प्रधानमन्त्री कोइरालालाई चेक रकम हस्तान्तरण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment