Comments Add Comment

गुप्तचर विभागका गोप्य कुरा

National Inteliganece-आरबी शर्मा, (कर्मचारी, राष्ट्रिय अनुसन्धान विभाग)

नेपाल सरकार गृहमन्त्रालय अन्र्तरगतको राष्ट्रिय अनुसन्धान विभाग यतिबेला अस्तव्यस्त बनेको छ । राष्ट्रका गम्भीर सूचना संकलन गरी सरकारलाई जानकारी गराउने भन्दा पनि सूचना बिक्री गरी भारतीय एजेन्टलाई नेपालको सूचना दिई राष्ट्रमाथि राष्ट्रघात भइरहेको छ ।

 देशको एउटा मात्रै गुप्तचर विभागमा, गुप्तचर प्रमुखहरुले दलाल खडा गरी, भित्र भित्रै कभरमा भन्दै आफ्ना नातागोता र पैसा खाएर भर्ती केन्द्रको अखडा बनाइरहेका छन् । यस्तो भइरहेका कुरा बारम्बार सञ्चार माध्यममा आइरहेको हुँदाहुँदै पनि सरकार प्रधानमन्त्री, गृहमन्त्री विपक्षी पार्टीहरुले त्यस्ता गलत तत्वहरुको छानविन गर्नुको सट्टा त्यस्ता तत्वहरुलाई छुट दिने कार्यले नेपालको गुप्तचर संस्था गुप्तचर भर्ती केन्द्रको अखडा, दलालहरुको अखडा र गद्दारहरुको अखडालाई केही गर्न नसक्नु भनेको नेपाली जनताका लागि दुःखदायी अवस्था हो ।
प्रत्येक हप्ता २/४ जनाले अवकाश पाउँछन् । त्यस ठाउँमा प्रमुख र दलाल मिली पैसा खाएर मान्छे राख्छन् । ती त्यस्ता खालका मान्छेले संकलन गरेका रिपोर्ट कस्ता होलान् । काठमाण्डौंमा घरमा सुताएर घर घर पैसा पठाइदिने र नेपाली जनताको पसिनाबाट उठेको करलाई दलाललाई पैसा खुवाउने काम भएका छन् ।
सरुवा, बढुवा, भर्ती प्रकृयालाई गलत तत्वले आफुखुसी गरिरहेका छन् । गोप्य भन्दै भित्रभित्रै केटीहरुलाई भर्ना गरी यौन शोषण गर्ने र उनीहरुका कोठा कोठामा गएर तलव पुर्‍याइदिने काम प्रशासनमा बस्ने केही मान्छेले निरन्तर बर्षैंदेखि गरिरहेका छन् ।
सरकार, मुख्य राजनीतिक पार्टी र गृहमन्त्रालयलाई गलत रिपोटिङ गर्ने, विभागमा गलत कार्य गर्ने, विभागलाई भर्ती केन्द्र बनाउने र राष्ट्रको सम्वेदनशील ठाउँमा बसेर गलत कार्य गर्ने तत्वहरुको संरक्षण गर्ने तत्वहरु धेरै छन् । काम केही छैन, पत्रिकामा भएका समाचारलाई सूचना संकलन गरी, सरकारलाई गलत रिपोर्ट गर्नेहरुले अहिले पनि मन्त्रीको वरिपरि घुमी आफ्नो स्वार्थ पूर्ति गर्ने गरेका छन् ।
पत्रिकामा आउने समाचारलाई नआउने गराउन, त्यस्ता समाचार छाप्ने प्रकाशन गर्ने व्यक्तिलाई पैसा खुवाई पत्रिकामा नआउने बनाउन लाखौं रुपैयाँ खर्च गर्ने र भित्रका समाचार गोप्य भन्दै त्यहाँको प्रमुख साथै उसका नजिकका डीआईजी र प्रशासनका केही गलत तत्व मिली विभागलाई तहस-नहस पारिरहेका छन् ।

विभागमा नक्कली सर्टिफिकेट प्रयोग गरी सयौं मान्छेलाई पैसा खूवाउने र विभाग भन्दा बाहिरै अफिस खडा गरी त्यस्ता नक्कलीलाई भर्ना गर्ने गरिएको छ । २०४३ सालमा बनेको विशेष ऐन देखाउँदै कर्मचारीहरुलाई डर धम्की दिने काम भइरहेको छ । त्यस किसिमको ऐन खारेज गरी समयनानुकुल बनाउन मन्त्रालय किन चूप लागेको छ ?
जिल्ला-जिल्लामा सूचना संकलन गर्न खटिएका कर्मचारीहरुलाई अनुसन्धान प्रमुखले आफ्नो विरोध गर्नेलाई दुःख दिने, गलत प्रकारका आरोप लगाउने र सूचना संकलन भन्दा रक्सी र तास केटीको खोजी गर्ने एवं दलाली गर्ने, कसरी पैसा कमाउने, कसरी प्रमुखको दलाली गरी नजिक हुने र प्रमुखलाई खुसी पार्ने भनेजस्ता काम भइरहेका छन् ।
विभागमा बस्ने कर्मचारीलाई एकजनालाई १० औं वर्ष एकै ठाउँ राख्ने र अन्यलाई जिल्ला जिल्लामा पठाउने एवं दलालमार्फत देशका सम्वेदनशील सूचनालाई गलत प्रकारका ठाउँमा प्रयोग गर्ने, कार्य निरन्तर १० औं वर्षदेखि भइरहेको छ ।
नेपाल सरकार गृहमन्त्रालयले गरेको निर्देशनलाई गलत प्रकारले व्याख्या गरी मन्त्रालयलाई गलत प्रकारको आरोप लगाउने काम किन हून्छ ?
एसएलसी पास नभएका कर्मचारीलाई प्रमोशन गर्ने डिग्री गरेकालाई १० औं वर्षसम्म एउटै पदमा राख्ने ? कर्मचारीको कूनै मूल्याकन छैन । मनपरी संस्थालाई गलत प्रकारले प्रयोग गर्ने, संस्थाको मुख्य कार्यभार के हो त्यतातिर होइन, दलालमार्फत कर्मचारी भर्ना गर्ने गरिन्छ ।
सम्पूर्ण कर्मचारी दलाली गर्न लगाउने, आफ्ना आसेपासेलाई केही काम नलगाउने, भिन्न विचार भएकालाई दूःख दिने, नचाहिने सुचना संकलन गर्न लगाउने साथै एउटा कार्यक्रममा १० औं जना मान्छे खटाउने गरिन्छ, जुन काम खुल्ला छ ।
विभागमा ६ सय दरबन्दी खाली भएकोमा ४०/५० जनाको भ्याकेन्सी खडा गरी भित्रभित्रै अाफ्ना सालासाली, भान्जाभान्जी, छोराछोरी जुन व्यक्ति नेपालको कुनै पनि सरकारी कार्यालयमा सक्षम छैनन्, त्यस्तालाई गोप्यमा राखी तलव खुवाउने स्थायी गर्ने र राष्ट्रको ढुकुटीलाई आफ्ना श्रीमतीको दाइजो जस्तो गरी देशको सम्बेदनशील संस्थामाथि दिनदिनै बलात्कार गर्ने कार्य गर्दा सरकारलाई उल्टै गाली गर्ने काम भइरहेको छ । यस्ता तत्वहरुलाई कूनै पनि बहानामा छुट दिनु हुँदैन भन्ने इमान्दार कर्मचारीहरुको भनाइ छ ।

(यो लेख शर्माको व्यक्तिगत विचार हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment