Comments Add Comment

घुससहित सीडीओ कार्यालयमै समातिए छविराम (भिडियोसहित)

Chabiram-kafle 4

  • आफूले घुस लिएको रकम अख्तियारको टोलीका अगाडि गन्दै नासु छविराम । तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर

१२ भदौ, काठमाडौं । अरुलाई कडाइपूर्वक नियम कानून लागू गराउनुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंका नायब सुब्बा छविराम काफ्ले विहीबार ३० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

मुद्दा मिलाइदिन्छु भन्दै घुुस लिएको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला प्रशासन कार्यालयमा छापा मारेको थियो । काफ्लेको कुर्सी नजिकै स्टीलको दराजमा लुकाइराखेको अवस्थामा घुस लिएको हजारका ३० वटा नोटको मुठो अख्तियारको टोलीले बरामद गरेको छ ।

काफ्लेको कार्यकक्ष प्रमुख जिल्ला अधिकारीकै फ्ल्याट छ । उनी पक्राउ परेपछि सेवाग्राही तथा अन्य कर्मचारीहरु आएर हेर्ने र जाने गरिहेका थिए ।

Chabiram-kafle 3

काफ्लेले हातहतियारसम्वन्धी मुद्दा मिलाइदिन्छु भन्दै घुस लिएका थिए । पक्राउ परेका नासु काफ्लेले भने खाजा खर्च भनेर आफूलाई सेवाग्राहीले रकम दिएर गएको बताए । ‘मैले किन भन्दा सरलाई खाजा खर्च भन्दै हातमा राखेर गयो’-उनले भने ।

अख्तियारको टोलीले उनलाई नै अघि लगाएर दराजबाट पैसा निकाल्न लगाउँदा उनको ओठमुख सुकेको थियो ।

उनले पत्रकारहरुतिर हेर्दै आफूले नमागेको तर, खाजा खर्च धन्दै दिएर फसाएको बताइरहेका थिए । उनले भने-‘यो किन दिएको भनेको थिएँ, मैले फोन गरेर फिर्ता दिउँ कि भन्ने सोच्दै थिएँ । तर, अरु सेवाग्राही आएकाले भ्याइँन ।’
घुस दिएपछि किन पक्राउ गरेर कारवारही नगरेको त भन्ने प्रश्नमा उनले भने-‘माया लाग्यो, विदेश जान लागेको मान्छे । समाएर के गर्नु ?’

Chabiram-kafle 4 (2)

अख्तियारको टोलीले उनले लिएको घुस र आफूसँग भएको नोटको फोटोकपीको नम्बर दाँजेर उनलाई सही गराएको छ ।

पर्सा प्रशासनबाट पनि एक पक्राउ

यसैबीच अख्तियारले जिल्ला प्रशासन कार्यालय पर्साका एक कर्मचारीलाई पनि सेवाग्राहीसँग घुस लिएको अभियोगमा पक्राउ गरेको छ ।

जिल्ला प्रशासनका कार्यालय सहयोगी प्रभुलाल साहलाई सेवाग्राहीको नागरिकता बनाउन २ हजार घुस लिँदा लिँदै पक्राउ गरिएको हो । उनले शुरुमा ५ हजार मागेर पछि २ हजारमा काम मिलाएको अख्तियारले जनाएको छ ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment