Comments Add Comment

प्रचण्डलाई तीन दलको संयोजक बनाउन कांग्रेस एमाले सहमत

१२ भदौ, काठमाडौं । एमाओवादी अध्यक्ष प्रचण्डको संयोजकत्वमा तीन दलसम्मिलित उच्चस्तरीय राजनीतिक समिति गठन गर्न कांग्रेस र एमालेका नेताहरु सहमत भएका छन् ।

Prachanda-1एमाओवादीले भने उच्चस्तरीय समितिमा तीन दलमात्रै नभई मधेसवादी र जनजातिलाचई पनि समेट्नुपर्ने शर्त अघि सार्दै कांग्रेस र एमालेको प्रस्ताव अस्वीकार गरेको छ ।

एमाओवादीका एक नेताले दिएको जानकारीअनुसार विहीबार बिहान कांग्रेस र एमालेका तर्फबाट तीन दलीय समिति बनाउने प्रस्ताव प्रचण्डसमक्ष पुर्‍याइएको हो । कांग्रेस, एमाले र एमाओवादी मात्रै सम्मिलित समिति बनाएको अवस्थामा प्रचण्डलाई संयोजक बनाउन तयार रहेको एमाले कांग्रेसको प्रस्तावमा उल्लेख छ

प्रचण्डनिवासमा गणतान्त्रिक मोर्चाको बैठक

यसैवीच विहीबार प्रचण्डनिवास लाजिम्पाटमा बसेको प्रचण्ड नेतृत्वको गणतान्त्रिक मोर्चाको बैठकले उच्चस्तरीय राजनीतिक समितिमा मधेसवादी र जनजातिलाई पनि समेट्नुपर्ने निश्कर्ष निकालेको छ ।

बैठकपछि एमाओवादीका एक नेताले भने- ‘तीन दलको मात्रै उच्चस्तरीय राजनीतिक समिति बनाउने कांग्रेस एमालेको प्रस्ताव मोर्चाको बैठकले अस्वीकार गर्ने निर्णय गरेको छ ।’

चार दिनअघि बालुवाटारमा बसेको बैठकमा कांग्रेस रएमालेका नेताहरुले उच्चस्तरीय राजनीतिक समिति नै गठन गर्न नसकिने अडान राखेका थिए । त्यसको केही दिनपछि प्रचण्डलाई नचिढ्याउन भन्दै कांग्रेस र एमालेका नेताहरु तीन दलीय समिति गठन गरेर प्रचण्डलाई संयोजक बनाउने लाइनमा आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment