Comments Add Comment

पशुपतिनाथमा तीजको रमाइलो (फोटो फिचर)

teej-6१२ भदाै, काठमाडाैं । हरितालिका तीज पर्वका अवसरमा बिहीबार पशुपतिनाथको मन्दिरमा हिन्दूधर्मावलम्बी नारीहरूको घुइँचो लागेको छ । मुखमा पानी समेत नहाली निराहार ब्रत बसेका नारी रातो पोशाकमा सजिएर पशुपतिनाथमा पुग्दा त्यहाँको वातावरण रमित लाग्दो बनेको छ ।

बालिकादेखि वृद्दा र अविवाहितदेखि विवाहित नारीले पशुपतिनाथमा पुगेर भगवान शिवको दर्शन गरेका हुन् । अविवाहितले योग्य पति पाउँ भन्दै ब्रत बस्ने चलन छ भने विवाहित पतिको दीर्घायू र सुस्वास्थ्यको कामना गर्दै ब्रत बसेका हुन् ।

विहानैबाट भोकै पशुपतिनाथ पुगेको केही नारी लाइनमा बसेकै बेला बेहोस भएर ढले । धेरैजसो नारी कम्मर मर्काइ मर्काइ नाचिरहेका थिए । खाली पेटमा मन्दिर परिसर पुगेका केही नारी स्वास्थ्य शिविरमा स्वास्थ्य जाँच गराइरहेका थिए ।

ब्रत बसेका नारीहरू पशुपति मन्दिर परिसरमा सबै दुःख विर्सेर नाचेको हेर्न रमितेको पनि उत्तिकै बाक्लो भींड थियो । तीजका गीतको लयमा कम्मर मर्काउन बालिकादेखि सेतै कपाल फूलेका वृद्दा पनि अघि सरेका थिए ।

Pashupatinath Teej Dayteej woman pashupati teej-1 teej-2 teej-3 teej-4 teej-5 teej-8 teej-9

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

teej forigen woman teej girl teej teejj

 

तस्बीरहरू : विकास श्रेष्ठ र अजय मर्जन/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment