Comments Add Comment

नेपाल प्रहरीका ६४ एसपीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित)

police१२ भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीले ६४ जना एसपीको सरुवा गरेको छ ।
प्रहरी प्रधान कार्यालयले बिहीबार सार्वजनिक गरेको सरुवा सूचीअनुसार विकास श्रेष्ठ अपराध अनुसन्धान महाशाखाबाट महानगरीय प्रहरी परिसर भक्तपुर पुगेका छन् । भक्तपुरका जगतमान श्रेष्ठ दंगा नियन्त्रण प्रहरी गण बाँके पुगेका छन् ।

महानगरीय अपराध महाशाखा हनुमान ढोकामा प्रकाश अधिकारी सरुवा भएका छन् ।जिल्ला प्रहरी प्रमुखमा सरुवा हुनेहरुमा निरजवहादुर शाही जिल्ला प्रहरी कार्यालय नवलपरासी, र खिनुप्रसाद आचार्य दाङ सरुवा भएका छन् ।
त्यस्तै सानुबाबु थपलिया रौतहट, सन्जयराज शर्मा उदयपूर, शौरभ राणा महोत्तरी, विक्रमवहादुर चन्द कैलाली, मोहनकुमार आचार्य तनहु, पूजा सिंह काभ्रे, वीरेन्द्र श्रेष्ठ ललितपूर र राम कृपाल साह सिराहा सरुवा भएका छन् ।
त्यसैगरि ठूले राई मोरङ, प्रदीपकुमार श्रेष्ठ धनकुटा, विश्व निरन्जन प्रधान कन्चनपुरमा सरुवा भएका छन् । विक्रम गुरुङ कपिलबस्तु, प्रकाशजंग कार्की मकवानपूर, सरुवा भएका छन् ।
काठमाडौं पछिको संवेदनशील मानिने पर्सामा दिवेश लोहनी सरुवा भएका छन् भने चितवनमा सहकुलवहादुर थापा सरुवा भएका छन् । त्यस्तै सुरेश बस्नेत सर्लाही, गणेशवहादुर थापा धनुषा र उमेश रन्जितकार पथलैया ट्राफिकको प्रमुखमा सरुवा भएका छन् ।
sp-transfer-1sp-transfer-2
sp-transfer-3  sp-transfer-4 sp-transfer-5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment