Comments Add Comment

१२ अंकले बढ्यो नेप्से, सबै समुहगत सूचक बढे

१२ भदौ काठमाडौं । साताको अन्तिम दिन बिहीबार ११.७४ अंकले बढेर नेप्से परिसूचक ९७२.१७ अंक पुगेको छ । सातामा लगागातार तीनदिन घटेको नेप्से बुधबार र बिहीबार बढेको हो ।

nepal stockबिहीबारको कारोबारमा सबै समुहगत सूचकहरु बढेका छन् । वाणिज्य बैंक समुहको सूचक ४.९६ अंकले बढेको भने यो समुहको ३१ करोड ७८ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

त्ययैगरी होटलको १५.७४ अंकले, विकास बैंकको ८.७७ अंकले, जलविद्युतको ८८.५ अंकले, वित्त कम्पनीको ४.४४ अंकले, बीमाको ११९.९७ अंकले, उत्पादनमुलको १.०२ अंकले र अन्य समुहको सूचक ७.०४ अंकले  बढेको छ ।

यो दिन १ सय ४३ कम्पनीका १५ लाख ४५ हजार कित्ता सेयर ६१ करारेड १२ लाख रुपैयाँमा किनबेच भयो ।

विहीबारको कारोबारबाट नेसनल हाइड्रो पावरको सेयरमुल्य १० प्रतिशतले बढेको छ । त्यसैगरी नागवेली लघुवित्त विकास बैंकको ९.९३ प्रतिशतले, गुराँस लाइफको ९.८४ प्रतिशतले, कास्की फाइनान्स ९.७४ प्रतिशतले र बिराटलक्ष्मी विकास बैंकको ९.५६ प्रतिशतले सेयरमुल्य बढेको छ ।

त्यस्तै, सेन्ट्रल फाइनान्सको सेयरमुल्य ६.६७ प्रतिशतले घटेको छ भने त्रिवेणी विकास बैंकको ५.९६ प्रतिशत, प्रुडेन्सियल इन्स्योरेन्सको ५.६७ प्रतिशतले, सनराइज बैंकको ५.६५ प्रतिशतले र लुम्बीनी फाइनान्सको सेयरमुल्य ४.९४ प्रतिशतले घटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment